काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का अध्यक्ष चन्द्र प्रसाद ढकालले दक्षिण अफ्रिकाको भारतका लागि उच्चायुक्त तथा नेपालका लागि राजदूत प्रोफेसर अनिल सुकलालसँग मंगलबार भेटवार्ता गरेका छन्। महासंघ सचिवालयमा भएको भेटमा नेपालमा लगानी प्रवर्द्धन र द्विपक्षीय व्यापार विस्तारका विषयमा छलफल भएको हो।
भेटका क्रममा अध्यक्ष ढकालले नेपालमा विशेषगरी पर्यटन पूर्वाधार, कृषि प्रशोधन, जलविद्युत्, सूचना प्रविधि र निर्माण क्षेत्रमा लगानीका राम्रो सम्भावना रहेको बताए। उनले दक्षिण अफ्रिकाका लगानीकर्तालाई नेपालमा आकर्षित गर्न राजदूत सुकलाललाई आग्रह गरे। “नेपालको भौगोलिक विशेषता यस्तो छ जहाँ एक घण्टाभित्रै तराईदेखि पहाडसम्मको रमणीयता अनुभव गर्न सकिन्छ,” उनले भने, “यसकारण रिसोर्ट, वेलनेस सेन्टर, एड्भेन्चर र इको–टुरिजम पूर्वाधारमा लगानी गर्न नेपाल उपयुक्त गन्तव्य हो।”
ढकालले नेपाल सरकारले हालै लगानीसँग सम्बन्धित ३० वटा कानुन संशोधन गरेर वैदेशिक लगानी प्रक्रियालाई सहज बनाएको जानकारी दिए। उनले लाभांश फिर्ता लैजान सजिलो बनाइएको र महासंघको सक्रियतामा द्विपक्षीय लगानी सम्झौताको खाका सरकारबाट स्वीकृत भइसकेको पनि उल्लेख गरे।
उक्त अवसरमा दक्षिण अफ्रिकी राजदूत प्रो. सुकलालले नेपाल–दक्षिण अफ्रिका सम्बन्धलाई थप सुदृढ बनाउन आफू प्रतिबद्ध रहेको बताए। “पर्यटन यस्तो क्षेत्र हो जहाँ दुवै देशले सहकार्य गरेर ठूलो प्रगति गर्न सक्छौं,” उनले भने, “दक्षिण अफ्रिकामा वन्यजन्तु पर्यटनजस्तै, नेपालको भू–परिवेश, जैविक विविधता र सांस्कृतिक सम्पदा पनि अत्यन्त विशिष्ट छन्।”
हाल नेपालले दक्षिण अफ्रिकाबाट अन्न, फलफूल, पेय पदार्थ र मेसिनरी आयात गर्दै आएको छ भने नेपालबाट कार्पेट, तयारी कपडा र फलामजन्य सामग्री निर्यात हुँदै आएको छ।
भेटका क्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा नेपालका लागि दक्षिण अफ्रिकाका महावाणिज्यदूत प्रदीप कुमार श्रेष्ठको पनि सहभागिता थियो। दुवै पक्षले यो भेटले नेपाल–दक्षिण अफ्रिका सम्बन्धलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि