काठमाडौं । विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ । ग्यास्ट्रोनोमी भन्नाले खाना पकाउने कला वा कुनै क्षेत्र विशेषको परिकार संस्कृतिलाई जनाउने भए पनि, दिगो ग्यास्ट्रोनोमी भनेको खाना तयार पार्दा प्रयोग हुने कच्चा पदार्थ कहाँबाट आएको हो, कसरी उत्पादन गरिएको हो, बजारसम्म कसरी आइपुग्छ भन्ने विषयलाई पनि ध्यानमा राख्ने प्रक्रिया हो ।
संयुक्त राष्ट्रसङ्घ महासभाले सन् २०१६ मा जुन १८ लाई अन्तरराष्ट्रिय दिगो ग्यास्ट्रोनोमी दिवस घोषणा गरेको हो । यस दिवसको मुख्य उद्देश्य स्थानीय उत्पादन, मौसमी सामग्री र सांस्कृतिक खानपान परम्परालाई संरक्षण गर्नुका साथै वातावरणमैत्री र दीगो कृषि तथा खाद्य प्रणालीको प्रवर्द्धन गर्नु हो ।
संयुक्त राष्ट्रसङ्घका शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) र खाद्य तथा कृषि सङ्गठनले विश्वभर यो दिवसलाई मनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । युनेस्कोले ५६ वटा सहरलाई ‘क्रियटिभ सिटिज अफ ग्यास्ट्रोनोमी’ घोषणा गरिसकेको छ, जसले स्थानीय खाना संस्कृतिको प्रवर्द्धनमा योगदान पु¥याइरहेका छन् ।
कोरोना महामारीपछि तथा हाल पृथ्वीले जलवायु सङ्कट, जैविक विविधता नाश र प्रदूषण जस्ता चुनौतीहरूको सामना गरिरहेको अवस्थामा, दिगो ग्यास्ट्रोनोमीको महत्व अझ गहिरो भएको छ ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि