काठमाडाैं – परराष्ट्रमन्त्री डा।आरजु राणा देउवाले नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीसँगको टेलिफोन संवादलाई ‘धम्की’ भनेर सार्वजनिक गरिएको समाचारप्रति आपत्ति जनाउँदै त्यसलाई ‘तथ्यहीन र तोडमोड गरिएको’ बताएकी छन्।
नागरिक दैनिकमा मन्त्री राणाले ज्ञवालीलाई फोनमार्फत धम्की दिएको भनी समाचार प्रकाशित भएपछि मन्त्री राणाले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त संवादलाई गलत ढंगले प्रस्तुत गरिएको दाबी गरेकी हुन्।
“नागरिक दैनिकमा प्रकाशित समाचार देख्दा म आश्चर्यचकित भएँ,” मन्त्री राणाले भनेकी छन्, “मैले उहाँसँग सामाजिक सञ्जालमा प्रसारित भ्रामक र तथ्यहीन भिडियोबारे न्यायिक प्रक्रिया र कानुनी अडानबारे मात्रै कुराकानी गरेकी हुँ।”
उनका अनुसार, सामाजिक सञ्जालमा आएको भिडियो राज्यमा दर्ता नभएको सञ्चारमाध्यममार्फत प्रसारण भएकोले प्रेस काउन्सिलमार्फत प्रक्रिया अगाडि बढाउन नसकिने स्थिति आएपछि, अदालतको आदेशमा सो विषयमा कानुनी बाटो अवलम्बन गरिएको हो। “उक्त भिडियो पोष्ट गर्नेविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ,” उनले भनिन्।
मन्त्री राणाले आफूले न्यूयोर्क टाइम्सजस्ता जिम्मेवार मिडियालाई अनुसरण गर्ने पाठक भएको उल्लेख गर्दै शोभा ज्ञवालीलाई पनि ूभ्रामक सामग्रीलाई स्रोत बनाएर समाचार नछाप्नू सुझाव मात्र दिइएको दाबी गरिन्। “म संवादमा धम्की दिने नियत नै थिएन, तर त्यसलाई तोडमोड गरेर समाचार बनाइएको देख्दा दुःख लागेको छ,” उनले भनिन्।
आरजु राणाले आफू नेपाली कांग्रेसको जिम्मेवार नेतृका हैसियतले प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको जनाउँदै भनिन्, “लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताका लागि नेपाली कांग्रेसले गरेको योगदानलाई बिर्सन सकिन्न। म पनि त्यसैको पक्षमा उभिएकी छु।”
उनले भनेकी छन्, “प्रेसको स्वतन्त्रता जति महत्वपूर्ण छ, जिम्मेवारीबोध र विश्वसनीयता त्यत्तिकै अपरिहार्य छ। मिडियाले व्यक्तिको वैयक्तिक स्वतन्त्रता र गरिमाप्रति पनि संवेदनशील हुनुपर्छ।”
बिहीबार नागरिक दैनिकले ‘आरजु राणाको धम्कीपूर्ण फोन’ शीर्षकमा खबर प्रकाशित गर्दै मन्त्री राणाले पत्रकार तथा सञ्चारगृहप्रमुखलाई धम्क्याएको दाबी गरेको थियो। उक्त समाचारप्रति राजनीतिक तथा मिडिया वृत्तमा प्रतिक्रिया पनि व्यक्त भइरहेका छन्।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि