• बिहिबार, १ असोज २०८३
  • सुनको मूल्य घट्यो

    सुनको मूल्य घट्यो

    सबलनेपाल संवाददाता
    बैशाख १५ २०८२, सोमबार

    काठमाडौं – आज सुनको मूल्य तोलामा रु एक हजार ४०० ले गिरावट देखिएको छ ।

    आइतबार प्रतितोला रु एक लाख ८९ हजार ७०० मा कारोबार भएको सुन आज रु एक लाख ८८ हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु २० घटेर एक हजार ९७० कायम भएको छ ।

    अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३०० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij