काठमाडौँ । मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय जलनका बिरामी गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि सरकारले उहाँलाई तत्काल उपचारका लागि भारत नलैजाने भएको छ। वीर अस्पतालको ‘बर्न आईसीयू’मा भेन्टिलेटरमा उपचाररत नेपालीको स्वास्थ्यमा थप जटिलता देखिएपछि चिकित्सकहरूको सल्लाहबमोजिम तत्काल स्थानान्तरण गर्ने योजना रोकिएको हो।
यस्तो थियो सरकारको तयारी
यसअघि चिकित्सकहरूकै प्रारम्भिक सुझावका आधारमा सरकारले उहाँलाई भारतको नयाँ दिल्लीस्थित ‘एम्स’ अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरिसकेको थियो। उहाँको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारी कोषबाटै ब्यहोर्ने निर्णय गर्दै सरकारले हवाई उद्धार (एयर एम्बुलेन्स) को समेत व्यवस्था गरिसकेको थियो।
बिरामीलाई अस्पतालबाट तत्कालै विमानस्थल पुर्याउन गृहमन्त्री सुदन गुरुङ आफैँ खटिएर रातभर सडकमा नेपाल प्रहरी र ट्राफिक प्रहरी परिचालन गर्नुभएको थियो। उता, भारतको विमानस्थलबाट एम्स अस्पतालसम्म लैजाने सबै बन्दोबस्त समेत मिलाइसकिएको थियो।
किन रोकियो उडान ?
बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना हुनुभएका नेपालीको शरीर ५५ प्रतिशत जलेको छ। भेन्टिलेटरमा रहेका बिरामीको रक्तचाप र श्वासप्रश्वासको अवस्था अस्थिर बनेपछि यस्तो गम्भीर अवस्थामा अन्यत्र सार्दा (ट्रान्सफर गर्दा) ज्यानको जोखिम झन् बढ्ने चेतावनी चिकित्सकहरूले दिएका छन्।
चिकित्सकहरूले बिरामीको स्वास्थ्य अवस्था स्थिर (स्टेबल) भएपछि मात्रै भारत लैजान सुझाव दिएपछि सरकारले तत्कालका लागि उद्धार उडान रोकेको हो।
वीर अस्पतालमा २१ जनाको विशेष टोली परिचालित
यतिबेला वीर अस्पतालमा नेपालीको जीवन रक्षाका लागि २१ जना स्वास्थ्यकर्मीको विशेष टोली अहोरात्र खटिएको छ। चिकित्सकहरूको टोलीले उहाँको रक्तचापलाई नियन्त्रणमा राख्न र स्वास्थ्य अवस्थालाई स्थिर बनाउन निरन्तर विशेष औषधिहरू चलाइरहेको छ।
उपचारमा संलग्न विशेष टोलीमा निम्न चिकित्सकहरू हुनुहुन्छ:
-
डा. पियुष दाहाल (संयोजक, प्लास्टिक सर्जरी विभाग)
-
डा. अपार लामिछाने (युनिट प्रमुख)
-
डा. निर्मण ज्ञवाली (क्रिटिकल केयर)
-
जयप्रकाश ठाकुर (एनेस्थेटिस्ट)
-
प्रा. डा. रविराम श्रेष्ठ
-
तथा विशेष तालिमप्राप्त नर्सिङ सेवाका स्वास्थ्यकर्मीहरू।
गम्भीर घाइते नेपालीको उपचार र अवस्थालाई लिएर उच्च तहबाटै निरन्तर निगरानी भइरहेको छ। कुनै पनि बेला अवस्था स्थिर भएमा तत्काल एक्सन लिनका लागि गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्री वालेन्द्र शाहका सचिवालयका सदस्यहरू गएरातीदेखि नै वीर अस्पतालमै ‘स्ट्यान्ड बाइ’ अवस्थामा खटिरहनुभएको छ।
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग
-
त्रिशुली पारीको भूभाग पुनः सडक सञ्जालमा जोडियो, सदरमुकामसँगको पहुँच स्थापित