काठमाडौं, – नेपालमा हवाई इन्धनको मूल्य दोब्बरले बढेसँगै आन्तरिक उडानको भाडा अत्यधिक वृद्धि भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ कि काठमाडौं–धनगढी रुटको अधिकतम भाडा अब २३,०५९ रुपैयाँ पुगेको छ।
नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य लिटरमा १२५ रुपैयाँबाट २५१ रुपैयाँ पुर्याएको छ। यससँगै धनगढी रुटको इन्धन शुल्क ११,०९० रुपैयाँ पुगेको छ। न्यूनतम भाडा भने १४,४५७ रुपैयाँ कायम गरिएको छ।
प्राधिकरणले स्पष्ट पारेको छ कि भाडामा वृद्धि मुख्य रूपमा इन्धन मूल्य (फ्युल सर्चार्ज) का कारण हो। वायुसेवा कम्पनीले लिनुपर्ने भाडा, विमानस्थल शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) भने थपिनुपर्नेछ।
वायुसेवा सञ्चालक संघका अनुसार बढेको डलर मूल्य र इन्धनको महँगाईले हवाई सेवा व्यवस्थापन चुनौतीपूर्ण बनाएको छ।
अन्य प्रमुख रुटहरूको नयाँ भाडा यस्तो छ:
- काठमाडौं–माउन्टेन: न्यूनतम ११,३४२ / अधिकतम १८,०२६
- काठमाडौं–भद्रपुर: न्यूनतम ९,९८९ / अधिकतम १५,८३७
- काठमाडौं–विराटनगर: न्यूनतम ८,८८९ / अधिकतम १२,७६५
- काठमाडौं–जनकपुर: न्यूनतम ५,५६५ / अधिकतम ७,०७०
- काठमाडौं–पोखरा: न्यूनतम ५,०१५ / अधिकतम ८,६०५
- काठमाडौं–भैरहवा: न्यूनतम ७,०६० / अधिकतम ११,०१६
- काठमाडौं–नेपालगन्ज: न्यूनतम १०,८०० / अधिकतम १७,१४८
वायुसेवा कम्पनीहरूले नयाँ भाडा कार्यान्वयन गरेसँगै यात्रुहरूले महँगो भाडा तिर्नुपर्ने भएको छ। संघले आगामी समयमा थप व्यवस्थापनका उपायहरू अपनाउने तयारी गरेको जनाएको छ।
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग