• बुधबार, ३१ भाद्र २०८३
  • निर्वाचनको दिन आन्तरिक उडान आवश्यकताअनुसार सञ्चालन हुने

    निर्वाचनको दिन आन्तरिक उडान आवश्यकताअनुसार सञ्चालन हुने

    सबलनेपाल संवाददाता
    फाल्गुन २० २०८२, बुधबार

    काठमाडौं।नेपाल नागरिक उड्डयन प्राधिकरण ले प्रतिनिधिसभा सदस्यको निर्वाचनका दिन देशभरका आन्तरिक हवाई उडानहरू आवश्यकताका आधारमा सञ्चालन गरिने जनाएको छ।

    प्राधिकरणका अनुसार सबै प्रकारका आन्तरिक उडानहरू परिस्थितिअनुसार सञ्चालनमा रहनेछन्। अन्तर्राष्ट्रिय उडानतर्फ भने मध्यपूर्व बाहेकका गन्तव्यमा नियमित तालिकाअनुसार सेवा सुचारु रहने स्पष्ट गरिएको छ।

    मध्यपूर्वी देशहरूका लागि उडान भने सम्बन्धित मुलुकको निर्णय र गन्तव्य विमानस्थलको अवस्थालाई ध्यानमा राख्दै वायुसेवा कम्पनीहरूले परिमार्जित तालिकाअनुसार सञ्चालन गर्नेछन्। पछिल्लो समय मध्यपूर्व क्षेत्रमा विकसित परिस्थितिका कारण ती गन्तव्यका उडानहरू अस्थायी रूपमा प्रभावित हुँदै आएका छन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij