काठमाडौं, १९ । बाह्य सूचकहरू मजबुत देखिए पनि नेपालको अर्थतन्त्र अझै संरचनागत रूपमा कमजोर आधारमा उभिएको नेपाल राष्ट्र बैंकको निष्कर्ष छ। विदेशी मुद्रा सञ्चिति बढ्नु, शोधनान्तर बचतमा रहनु र मुद्रास्फीति नियन्त्रणमै देखिनु सकारात्मक भए पनि यी उपलब्धि दिगो उत्पादन र निर्यात क्षमतामा होइन, विप्रेषणमा आधारित रहेको प्रतिवेदनले औंल्याएको छ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको अर्धवार्षिक समष्टिगत आर्थिक विश्लेषणअनुसार चालु आर्थिक वर्षको पुससम्म विदेशी विनिमय सञ्चिति ३२ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ। शोधनान्तर स्थिति करिब ५ खर्ब रुपैयाँ बचतमा छ। तर यो सुधारको प्रमुख स्रोत श्रम आप्रवासनबाट आउने विप्रेषण भएकाले बाह्य श्रम बजारमा देखिने कुनै पनि अस्थिरताले अर्थतन्त्रलाई प्रत्यक्ष असर पार्न सक्ने चेतावनी दिइएको छ।
व्यापार घाटा अझै ९ खर्ब ५५ अर्ब रुपैयाँको उच्च तहमा रहेको छ। निर्यात वृद्धिदर सकारात्मक भए पनि सीमित वस्तु विशेषतः प्रशोधित वनस्पति तेलमा निर्भरता उच्च भएकाले निर्यात संरचना जोखिमयुक्त रहेको प्रतिवेदनले उल्लेख गरेको छ। उत्पादन र उद्योग विस्तारभन्दा आयात उपभोग केन्द्रित अर्थतन्त्रले दीर्घकालीन स्थायित्व नदिने विश्लेषण राष्ट्र बैंकको छ।
मौद्रिक पक्षमा तरलता प्रशस्त भए पनि कर्जा प्रवाह अपेक्षित गतिमा विस्तार हुन सकेको छैन। ब्याजदर ऐतिहासिक रूपमा न्यून तहमा झरे पनि निजी क्षेत्रको लगानी उत्साहजनक देखिएको छैन। बैंक तथा वित्तीय संस्थाको पूँजी पर्याप्तता अनुपात नियामकीय सीमाभन्दा माथि रहे तापनि निष्क्रिय कर्जा बढ्दो क्रममा रहेको उल्लेख छ।
राजकोषीयतर्फ राजस्व परिचालन कमजोर, पूँजीगत खर्च न्यून र खर्चमा मौसमीपन उच्च रहेको प्रतिवेदनले देखाएको छ। वैदेशिक अनुदान र सहुलियत ऋणको प्रवाह घट्दै जाँदा सरकारी वित्त व्यवस्थापनमा थप दबाब पर्न सक्ने संकेत गरिएको छ।
विनिमय दर व्यवस्थाले भारतसँगको व्यापार स्थिर राख्न सहयोग पुर्याए पनि अन्य मुद्रासँगको अवमूल्यन दबाबले आयात मूल्य र मुद्रास्फीतिमा असर पार्ने सम्भावना रहेको राष्ट्र बैंकले जनाएको छ। उपभोक्ता मूल्य मुद्रास्फीति करिब ४ प्रतिशत हाराहारी रहने प्रक्षेपण गरिएको छ भने आर्थिक वृद्धि पनि सोही आसपास रहने अनुमान छ।
विश्व अर्थतन्त्र क्रमशः स्थिरतर्फ उन्मुख देखिए पनि भूराजनीतिक तनाव र आपूर्ति शृंखलामा आउने अवरोधले साना तथा आयातनिर्भर अर्थतन्त्रलाई संवेदनशील बनाइरहेको प्रतिवेदनमा उल्लेख छ।
समग्र विश्लेषणमा राष्ट्र बैंकले बाह्य सूचकहरूको मजबुतीलाई अवसरका रूपमा उपयोग गर्दै उत्पादन, निर्यात विविधीकरण, रोजगारी सिर्जना र लगानी प्रवर्द्धनतर्फ ध्यान केन्द्रित गर्न सुझाव दिएको छ। विप्रेषण निर्भर सुधारलाई संरचनागत रूपान्तरणतर्फ रूपान्तरित नगरे अर्थतन्त्र फेरि अस्थिरताको चक्रमा फर्किन सक्ने संकेत प्रतिवेदनले गरेको छ।
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग