काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले पार्टी निर्माणमा सक्रिय हुन सम्पूर्ण कार्यकर्ताहरुलाई आह्वान गरेकी छिन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले जननेता मदन भण्डारीले अगाडि सारेको पार्टी निर्माण सम्बन्धि अवधारणाको निष्ठापूर्वक रक्षा गर्न देशभरका सम्पूर्ण एमाले पंक्ति एकजुट हुन आग्रह गरीन् ।
उनले भनिन्,‘ जननेता मदन भण्डारीले अगाडि सारेको पार्टी निर्माण सम्बन्धि अवधारणाको निष्ठापूर्वक रक्षा गर्न म देशभरका सम्पूर्ण एमाले पंक्तिमा अग्रह गर्दछु । मेरो संकल्प अन्तरआत्माको आवाज हो । आफ्नो निर्णयबाट म विचलीत हुने छैन् । म सम्पूर्ण पार्टी पंक्तीलाई निर्धक्क भएर पार्टी निर्माणमा सक्रिय हुन हार्दिक आह्वान समेत गर्छु ।’ उनले अहिले आफू पार्टी सदस्य भएको ४५ वर्ष वितिसकेको बताउँदै पार्टीप्रतिको आस्था, विचार, सिद्धान्त र नीतिहरुप्रति प्रतिवद्ध हुँदाहुँदै पार्टी सदस्यबाट बञ्चीत गर्न कदापी नमिल्ने धारणा राखिन् ।
उनले भनिन्,‘अहिले पार्टी सदस्य भएको ४५ वर्ष वितिसकेको छ । त्यसैले पार्टीप्रतिको आस्था, विचार, सिद्धान्त र नीतिहरुप्रति प्रतिवद्ध हुँदाहुँदै मलाई पार्टी सदस्यबाट बञ्चीत गर्न कदापी पनि मिल्दैन । यपार्टी बनाउन म लगायत हजारौं नेता कार्यकर्ताले रगत, पसिना मेहेनत परेको छ । यो कुरा म कुनै भावनामा डुबेर भनेको छैन् ।’
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि