काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय (एलएसएमई) दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै आफ्नो ‘ग्लोबल हाटबजार’को २५औँ हप्तामा प्रवेश गरेको छ।
शुक्रबार राजधानीको कमलादीस्थित शाखामा आयोजित विशेष मेलामा बैंकले आफ्ना लगानीमा सञ्चालित लघु, साना तथा मझौला उद्यमीहरूद्वारा उत्पादन गरिएका वस्तुहरूको प्रदर्शनी तथा बिक्रीको व्यवस्था गर्यो।
‘उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन’ भन्ने नाराका साथ सञ्चालन भइरहेको हाटबजारमा विषादीरहित कृषि उपज, रैथाने बाली, हस्तकला सामग्री, सजावटी बिरुवा लगायत दुई दर्जनभन्दा बढी उद्यमी तथा कृषकहरूको उत्पादनहरू प्रदर्शनमा राखिएको थियो।

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले नेपालको समग्र आर्थिक प्रणालीमा लघु, साना तथा मझौला व्यवसायहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै हाटबजारले त्यस्ता उद्यमहरूको बजारीकरणमा टेवा पुर्याएको बताए।
“हाटबजारले दिगो तथा हरित अर्थतन्त्र निर्माणमा योगदान पुर्याउँदै कृषक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध कायम गर्न, उत्पादकलाई उचित मूल्य दिलाउन र स्थानीय उत्पादनको प्रवद्र्धनमा उल्लेखनीय भूमिका खेलेको छ,” रेग्मीले भने।
उनका अनुसार अर्गानिक, रैथाने तथा स्थानीय उत्पादनहरूलाई प्राथमिकतासाथ प्रवद्र्धन गर्दै हाटबजारले नेपाली उद्यमीलाई हौसला र बजार पहुँच दुवै उपलब्ध गराउँदै आएको छ।
ग्लोबल आइएमई बैंकले हरेक शुक्रबार कमलादी शाखामा नियमित रूपमा हाटबजार आयोजना गर्दै आएको छ, जसले बैंकिङ्ग कारोबार मात्र होइन, सामाजिक र आर्थिक समावेशितालाई समेत प्रवर्द्धन गर्ने उद्देश्य बोकेको छ।
ग्राहकहितका विभिन्न सेवा तथा योजनाहरू ल्याउँदै आएको बैंकले हालसम्म ७७ वटै जिल्लामा ३५२ शाखा, ३८५ एटिएम, १५८ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा विदेशी प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ।
ग्लोबल आइएमई बैंकले रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ, जसअन्तर्गत अमेरिका, बेलायत, अष्ट्रेलिया, मलेशिया, कोरिया, जापान, साउदी अरब, कतार, युएई लगायत दर्जनभन्दा बढी देशबाट रेमिट्यान्स संकलन गरिँदै आएको छ।
हालै, बैंकले ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड २०२४’ र युरो मनीको ‘अवार्ड फर एक्सिलेन्स २०२४’ समेत प्राप्त गर्दै नेपालको उत्कृष्ट बैंकका रूपमा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएको छ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि