काठमाडौं –सातै प्रदेश सरकारहरूले आज असार १ गते, आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दैछन्। संविधानको व्यवस्था अनुसार प्रदेशहरूले असार १ गतेसम्म बजेट सार्वजनिक गर्नुपर्ने प्रावधानअनुसार आर्थिक मामिला मन्त्रीहरूले आज प्रदेशसभा बैठकमार्फत आय–व्ययको विवरणसहितको बजेट प्रस्तुत गर्न लागेका हुन्।
प्रदेश सरकारहरू बजेट प्रस्तुत गर्न अन्तिम तयारीमा जुटेका छन्। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका आर्थिक मामिला मन्त्रीहरू आ–आफ्नो प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष २०८१/८२ मा २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँको बजेट ल्याएको थियो। यसपालि पनि त्यसै हाराहारीको बजेट ल्याउने तयारी गरिएको छ। आर्थिक मामिला मन्त्री बहादुर सिंह थापा आज साँझ ५ बजे बस्ने प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।
संघीय राजधानीसमेत रहेको बागमती प्रदेशले भने यस वर्ष करिब ६८ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। गत वर्ष बागमती प्रदेशले ६२ अर्ब ७० करोडको बजेट सार्वजनिक गरेको थियो। आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरिनेछ।
मधेश प्रदेशले गत वर्ष ४४ अर्ब ११ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो। यस्तै, कोशी प्रदेशले ३६ अर्ब २४ करोड ३५ लाख, गण्डकी प्रदेशले ३३ अर्ब ४२ करोड ७२ लाख, लुम्बिनी प्रदेशले ४० अर्ब ४७ करोड ९७ लाख, र कर्णाली प्रदेशले पनि गत वर्ष समान्य आकारको बजेट सार्वजनिक गरेका थिए।
प्रदेश सरकारहरू अहिले आर्थिक मन्दी, संघीय सहयोग अभाव, र सीमित आन्तरिक स्रोतको चुनौतीबीच बजेट ल्याउन लागेका छन्। आगामी बजेटमा विकास खर्चको कार्यान्वयन, रोजगारी सिर्जना, र सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग