काठमाडौं – साधारण शेयर बिक्रीको प्रक्रियामा रहेको कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडको सेयर अण्डरराईटिग (धितोपत्र प्रत्याभूति) का लागि एलिट क्यापिटल लिमिटेडले जिम्मेवारी लिएको छ । एलिट क्यापिटल र कान्तिपुर फर्मास्यूटिकल्सबीच सो सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।
एलिटले कान्तिपुरको रु १७ करोड बराबरको १७ लाख कित्ता साधारण शेयरको प्रत्याभूति गरेको हो । यससम्बन्धि सम्झौतामा मंगलवार कान्तिपुर फर्मास्यूटिकल्सका प्रबन्ध सञ्चालक नवराज पौडेल र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गरे । कान्तिपुर फर्मास्यूटिकल्सले शेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।
कूल रु ६३ करोड चुक्तापुजी भएको सो कम्पनीले अंकित मूल्य रू १०० मा १७ लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ । सन् २०१८ मा स्थापित भएको यस कम्पनीले भेटेरिनरी सम्बन्धीे औषधिको अनुसन्धान तथा पशुपंछीका लागि आहारपुरक सप्लिमेन्टस् उत्पादन तथा बिक्री वितरण गरिरहेका छन् ।
हाल कम्पनीले औषधि व्यवस्था विभागबाट ६१ वटा औषधिहरूको उत्पादन स्वीकृति प्राप्त गरिसकेको छ । जसमध्ये १३ वटा औषधिहरूको बिक्री वितरण प्रमाणपत्र प्राप्त गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । अन्य औषधिहरूको बिक्री वितरण प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । साथै कम्पनीले २१ वटा अन्य आहारपुरक सप्लिमेन्टसहरूको समेत उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि