काठमाडौं महानगरपालिकाले रोजगारी र आत्मनिर्भरता अभिवृद्धिका लागि जेठ ७ गतेदेखि टुंडिखेलमा ‘सिप मेला २०८२’ आयोजना गर्ने भएको छ। मेला मार्फत २०८२ जनालाई रोजगारीमूलक सिप तालिम दिने लक्ष्य लिइएको छ।
महानगरको ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत सञ्चालन हुने यो मेला ३० दिनसम्म चल्नेछ। मेला अवधिभर दैनिक ६० वटा तालिम कक्षा सञ्चालन गरिने जनाइएको छ।
सिप मेलाको उद्देश्य सिप नहुनेलाई सिपयुक्त बनाउने, सिप भएकालाई रोजगारी वा स्वरोजगारमा संलग्न गराउने र रोजगारीमा रहँदा पनि सिप नपुगेका व्यक्तिको व्यावसायिक स्तर उकास्ने रहेको छ।
महानगरले विगत वर्षदेखि नियमित रूपमा सिप तालिम प्रदान गर्दै आएको छ। २०८१ मा आयोजित सिप मेलाबाट ६८ हजारभन्दा बढीले आवेदन दिएका थिए। तीमध्ये २,५७५ जनाले तालिम प्राप्त गरे, जसमा ५० प्रतिशतभन्दा बढीले रोजगारी पाएका थिए भने अन्य स्वरोजगारमा संलग्न भएका थिए।
यो वर्षको मेलामा विगत वर्ष आवेदन दिएर पनि तालिम पाउन नपाएकाहरू, काठमाडौंमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने नागरिक, स्यानिटरी ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति तथा सडक व्यापार वा ठेलागाडा व्यवसायमा संलग्न व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ। १८ देखि ५८ वर्ष उमेर समूहका नेपाली नागरिकले तालिममा सहभागी हुन सक्नेछन्।
मेला सम्पन्न भएपछि दुई दिने ‘पोस्ट मेला’ कार्यक्रम पनि आयोजना गरिनेछ, जसमा दीक्षान्त समारोह, प्रमाणपत्र वितरण तथा तालिम प्राप्त व्यक्तिहरूलाई विभिन्न उद्योगहरूसँग जोड्ने कार्यक्रम गरिनेछ।
शिक्षा, सिप, श्रम र उत्पादनलाई एकआपसमा जोड्ने रणनीतिसहित सञ्चालन हुने यो कार्यक्रम काठमाडौं महानगरपालिका र जनशक्ति आपूर्ति तथा रोजगारीको सन्तुलन कायम गर्न ठोस प्रयासका रूपमा हेरिएको छ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि