• बुधबार, ३१ भाद्र २०८३
  • एनएमबि बैंकका नवनियुक्त सीईओ गोविन्द घिमिरेले पदभार सम्हाले

    एनएमबि बैंकका नवनियुक्त सीईओ गोविन्द घिमिरेले पदभार सम्हाले

    सबलनेपाल संवाददाता
    बैशाख १० २०८२, बुधबार

    काठमाडाैं- एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा आजदेखि गोविन्द घिमिरेले पदभार सम्हालेका छन् ।

    यसअघि नै सञ्चालक समितिको बैठकले बैशाख १० गतेदेखि लागू हुने गरी घिमिरेलाई ४ वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । सीईओ सुनिल केसी आफ्नो कार्यकाल पूरा गरी मंगलबारबाट बिदाई भएसँगै घिमिरेले आजदेखि कार्यभार सम्हालेका हुन् ।

    तत्कालीन नेपाल बंगलादेश बैंकबाट बैंकिङ क्यारियर सुरु गरेका सीईओ घिमिरेलेले एनएमबिमा झण्डै एक दशक बिताएका छन् । व्यवस्थापन र कानुन विषयमा एमबीएल र बीएल गरेका घिमिरेसँग कर्जा बैंकिङको बढि अनुभव छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij