• बुधबार, ३१ भाद्र २०८३
  • सिटिजन्स बैंकको नाफा घट्यो, खराब कर्जा बढ्यो

    सिटिजन्स बैंकको नाफा घट्यो, खराब कर्जा बढ्यो

    सबलनेपाल संवाददाता
    बैशाख ७ २०८२, आइतबार

    काठमाडाैं – चालु आर्थिक वर्षको चैत मसान्तसम्म सिटिजन्स बैंकले ९६ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेको हो। गत आवामा बैंकले १ अर्ब २१ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो।

    यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ४ अर्ब २६ करोड रुपैयाँभन्दा बढी हो।

    बैंकको प्रतिसेयर आम्दानी ९भ्एक्० ११।३७ रुपैयाँबाट घटेर ८।६८ रुपैयाँमा झरेको छ भने वितरणयोग्य नाफा १६ करोड २६ लाख रुपैयाँ रहेको छ।

    बैंकको नेटवर्थ १५२।७५ रुपैयाँ कायम रहँदा, खराब कर्जा अनुपात ९ल्एी० ३।७६ प्रतिशतबाट बढेर ५।७१ प्रतिशत पुगेको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij