• बिहिबार, १ असोज २०८३
  • प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

    प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

    सबलनेपाल संवाददाता
    चैत्र १५ २०८१, शुक्रबार

    काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बेलुका ८ बजे बैठक बोलाएको जनाएको छ ।

    राजावादीको बिहीबारको प्रदर्शन हिंसात्मक बन्दै गएका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । तीनकुनेलाई केन्द्र बनाएर प्रदर्शन र सभा गर्ने तयारीमा रहेका राजावदीहरूको प्रहरीसँग झडप भएपछि हिंसा फैलिएको हो । सरकारले अनुमान गरेको भन्दा फरक ढंगबाट आक्रमण गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।

    तीनकुने क्षेत्रबाट तितरबितर भएका राजावादीहरूले राजधानीका विभिन्न स्थानमा सार्वजनिक सवारीसाधन र निजी सम्पत्तिमा आगजनी गरेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij