काठमाडौं : भदौ ११ गतेदेखि काठमाडौंमा सुरु हुन गइरहेको १८औं संस्करणको नाडा अटो शोमा नेपालकै पुँजी र इन्जिनियरिङमा तयार भएको ‘यात्री’ को इलेक्ट्रिक स्कुटरसहित डेढ दर्जन बढी नयाँ दुईपाङ्ग्रे सवारी साधन सार्वजनिक हुने भएका छन्।
यस वर्षको अटो शोमा ११ कम्पनीका १२ वटा ब्रान्डले आफ्ना नयाँ उत्पादन प्रदर्शन गर्दैछन्। प्रदर्शनीको सबैभन्दा ठूलो आकर्षण नेपालमै बनेको ‘यात्री पी–२’ स्कुटर हुनेछ। ‘मेड इन नेपाल’ पवेलियनमा राखिने यो स्कुटरमार्फत यात्रीले स्वदेशी सीप र प्रविधिलाई बढावा दिएको छ।
अटो शोमा अन्य प्रतिष्ठित ब्रान्डहरुले पनि आ–आफ्ना नयाँ मोडलहरु सार्वजनिक गर्ने तयारी गरेका छन्। एमएडब्लु राइड्स प्रालिले यामाहाका एक्सएसआरसहित चार नयाँ मोडल अटो शोमार्फत सार्वजनिक गर्दैछ। त्यसैगरी, सीजी मोटर्सले हिरो ब्रान्डका तीन नयाँ मोडल—१६० सीसीको जुम स्कुटर, १२५ सीसीको एक्सट्रिम १२५ आर मोटरसाइकल र २५० सीसीको एक्सपल्स मोटरसाइकल बजारमा ल्याउँदैछ। सीजीले नै आफ्नो विद्युतीय ब्रान्डअन्तर्गत नयाँ स्कुटर र डर्ट मिनी मोटरसाइकल पनि प्रदर्शन गर्ने जनाएको छ।
रोयल इन्फिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले पनि भर्खरै बजारमा ल्याएको नयाँ क्लासिक मोडल अटो शोमा प्रदर्शनका लागि राख्ने भएको छ। यसबाहेक सुजुकी, टिभिएस, बजाज, होन्डा, एप्रिलिया, भेस्पा लगायतका अन्य प्रमुख दुईपाङ्ग्रे ब्रान्डहरुको पनि मेलामा सक्रिय सहभागिता रहनेछ।
नाडा अटो शोमा एकैपटक यति धेरै नयाँ मोडल सार्वजनिक हुनुले नेपाली दुईपाङ्ग्रे सवारी बजारमा नयाँ उत्पादन, विद्युतीय सवारी र स्थानीय एसेम्बलीतर्फ बढ्दो आकर्षणलाई संकेत गरेको छ। एउटै छानामुनि विभिन्न ब्रान्डका सवारी साधन र तिनका फिचरहरु तुलना गर्न पाइने भएकाले अवलोकनकर्ता र सम्भावित खरिदकर्ताका लागि यो मेला निकै फलदायी हुने अपेक्षा गरिएको छ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
विपदमा जोडिएको मानवीय नाता: छोटो सूचनामै १०७ जनाले दिए रगत
-
बाढीपहिरो प्रभावितलाई १५ लाख सहयोग गर्ने इक्यानको घोषणा, ३०औं स्थापना दिवसका कार्यक्रम स्थगित
-
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह नुवाकोट प्रस्थान
-
रसुवा बाढी: टिमुरेबाट ११६ जनाको सकुशल उद्धार, राहत र उद्धार कार्य तीव्र पारिएको प्रधानमन्त्रीको भनाइ
-
चीनको तिब्बतबाट आएको भोटेकोशी बाढीले रसुवामा ठूलो क्षति : तटीय क्षेत्रमा उच्च सतर्कता, उद्धारमा सेनाको हेलिकप्टर
-
विदेश जाने विद्यार्थीलाई गन्तव्यसम्मै सहयोग गर्न इक्यान र एनआरएनएबीच सम्झौता
-
स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ सुरु: नीतिगत स्थिरता र स्वदेशी उत्पादनमा जोड
-
सवारी साधनलाई विलासिताको वस्तु नठान्न सरकारलाई व्यवसायीको आग्रह, अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको माग
-
नाडा अटो शो २०२६ को तयारी पूरा: भोलि उद्घाटन हुँदै, दुई स्थानमा पार्किङ
-
किस्ट र भारतको मेदान्ता अस्पतालको सहकार्यमा बाल शल्यचिकित्सासम्बन्धी अन्तरक्रिया सम्पन्न