काठमाडौँ: वैदेशिक अध्ययन अनुमति पत्र (NOC) का लागि आवेदन दिन र प्राप्त गर्न विद्यार्थीहरू अनिवार्य रूपमा कार्यालयमै उपस्थित हुनुपर्ने भन्दै गलत सूचना फैलाउने शैक्षिक परामर्श संस्थाहरू (कन्सल्टेन्सी) लाई सरकारले कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।
शिक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाले एक जरुरी सूचना जारी गर्दै सेवाग्राहीलाई अनावश्यक रूपमा कार्यालय पठाएर अनियमितता गर्ने संस्थाहरूमाथि कडा नियामक अनुगमन गरिने स्पष्ट पारेको छ।
पछिल्ला दिनहरूमा केही कन्सल्टेन्सीले एनओसी प्राप्त गर्न अनिवार्य भौतिक उपस्थिति चाहिने भन्दै भ्रमपूर्ण विज्ञापन गरेको र सेवाग्राहीलाई दु:ख दिएको गुनासो बढेपछि मन्त्रालयले यो कदम चालेको हो। सूचनाअनुसार एनओसीको सम्पूर्ण आवेदन प्रक्रिया पूर्ण रूपमा अनलाइन (डिजिटल) माध्यमबाट मात्र हुने गर्दछ र यसका लागि विद्यार्थी कार्यालय धाउनु पर्दैन।
मन्त्रालयका उपसचिव उद्धव प्रसाद श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा उल्लेख भएअनुसार, अनलाइन आवेदन भर्दा नागरिकता र शैक्षिक योग्यताको सम्पूर्ण विवरण ‘केन्द्रीय सूचना व्यवस्थापन प्रणाली’ (Central Informations Management System) सँग मेल खाएर जन्ममिति प्रमाणित (DOB Verified) भएका विद्यार्थीले भौतिक उपस्थिति विना नै एनओसी लिन सक्नेछन्।
कुनै विद्यार्थीको हकमा भौतिक उपस्थिति अनिवार्य पर्ने वा नपर्ने भन्ने स्पष्ट जानकारी विद्यार्थीको आफ्नै एनओसी पोर्टलमा प्राप्त हुने व्यवस्था मिलाइएको छ। कन्सल्टेन्सीहरूले सोही यथार्थ जानकारी विद्यार्थीलाई दिनुपर्नेमा मन्त्रालयले जोड दिएको छ। गलत सूचना प्रवाह गरी अनुचित लाभ लिन खोज्ने जुनसुकै गैरकानुनी अभ्यास तत्काल रोक्न मन्त्रालयले सचेत गराएको छ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि