काठमाडौं ।
रासुवा लगायतका क्षेत्रमा आएको बाढीपहिरोका घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन काठमाडौंको होटल हार्दिकमा आयोजना गरिएको आपत्कालीन रक्तदान कार्यक्रममा १०७ जनाले रक्तदान गरेका छन्।
लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीन र नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को संयुक्त आयोजनामा बिहीबार सम्पन्न उक्त कार्यक्रममा छोटो सूचनाका बाबजुद पनि रक्तदाताहरूको उल्लेख्य र उत्साहजनक सहभागिता रहेको थियो।
हिजो गएको प्राकृतिक विपद्का कारण अस्पतालमा उपचाररत बिरामीहरूलाई तत्काल रगत आवश्यक पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै यो कार्यक्रम अपर्झट आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रमलाई प्राविधिक रूपमा सम्पन्न गर्न टी.यू. (T.U.) ब्लड बैंकले प्राविधिक सहयोग उपलब्ध गराएको थियो।
विपद्को यस कठिन घडीमा मानवीय दायित्व बोध गर्दै कार्यक्रमको आयोजना गरिएको लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीनकी अध्यक्ष सविता ढकालले बताउनुभयो। उहाँले भन्नुभयो, “हिजोको प्राकृतिक प्रकोपले निम्त्याएको सङ्कटमा घाइतेहरूको जीवन बचाउनु यतिबेला हाम्रो पहिलो प्राथमिकता हो। तपाईंले दान गरेको एक पिन्ट रगतले कसैको अमूल्य जीवन बच्न सक्छ भन्ने महसुस गरी हामीले यो आपत्कालीन कदम चालेका हौँ। रक्तदाताहरूले देखाउनुभएको यो माया र मानवीय सेवाप्रति हामी नतमस्तक छौँ।”
त्यसैगरी, नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) का अध्यक्ष लक्ष्मण पौडेल ‘एन्ड्रयु’ ले विपद्को समयमा सम्पूर्ण नागरिक एकजुट हुनुपर्ने सन्देश दिनुभयो। उहाँले भन्नुभयो, “यस्तो संवेदनशील र आपत्कालीन समयमा युवाहरू र नागरिक समाजले स्वतःस्फूर्त रूपमा देखाएको यो उत्साहजनक सहभागिताले मानवीय संवेदना अझै कति बलियो छ भन्ने प्रमाणित गरेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस पुनित कार्यमा जोडिनुहुने सम्पूर्ण रक्तदाताहरूलाई म विशेष धन्यवाद दिन चाहन्छु।”
‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने मूल मन्त्रका साथ सम्पन्न यस मानवीय सेवाको अभियानले सङ्कटको समयमा समाजमा भाइचारा र सहयोगको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
दशैँको अवसरमा सेफर्ड कलेजद्वारा असहाय सेवा सदनमा सहयोग
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता