काठमाडौं । रसुवाको बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणको काम तीव्र पारिएको छ। नेपाली सेनाको सहयोगमा रसुवाको टिमुरेबाट ११६ जनाको सकुशल उद्धार गरिएको र प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्रीहरू पुर्याउने काम भइरहेको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिएका छन्।
बिहीबार बिहान ६:३० बजेदेखि सुरु भएको उद्धार कार्यमा हालसम्म १५ भन्दा बढी हेलिकोप्टर उडान भइसकेका छन् भने थप हेलिकोप्टर तयारी अवस्थामा राखिएका छन्। सेनाले टिमुरेबाट उद्धार गरेकाहरूमध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक छन्। यसैगरी, टनेलमा फसेका थप ७ जना नेपालीको पनि सफलतापूर्वक उद्धार गरिएको छ। हेलिकोप्टरमार्फत गरिने उद्धारमा सिकिस्त बिरामी, वृद्धवृद्धा, महिला तथा बालबालिकालाई पहिलो प्राथमिकता दिइएको छ।
बाढी प्रभावितहरूको आश्रयका लागि नुवाकोटमा खाना र पानीसहितको अस्थायी शिविर तयार भइसकेको छ। विपद्ग्रस्त क्षेत्रमा जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट र फलाम तथा ढुङ्गा काट्ने मेसिन लगायतका अत्यावश्यक सामग्रीहरू पठाइँदै छ।
प्रधानमन्त्री शाहका अनुसार प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएको अवस्थालाई मध्यनजर गर्दै अस्थायी मोबाइल नेटवर्क र मोबाइल चार्जिङको व्यवस्था छिट्टै मिलाइनेछ। साथै, सम्पूर्ण क्षतिको र अवस्थाको यकिन गर्न ड्रोनमार्फत भइरहेको सर्भेक्षण कार्य पनि अन्तिम चरणमा पुगेको छ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि