काठमाडौं । जापानी भाषा शिक्षणको गुणस्तर सुधार्न र शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित जापानिज ल्याङ्ग्वेज स्कुल एसोसिएसन अफ नेपाल (जाल्सान) ले सञ्चालन गरेको दुई दिने शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। जापान फाउन्डेसनको सहयोगमा साउन २२ र २३ गते काठमाडौंमा आयोजित उक्त प्रशिक्षणमा विभिन्न सदस्य संस्थाका ३२ जना जापानी भाषा शिक्षकहरूको सहभागिता रहेको थियो।
बढ्दो विद्यार्थी संख्या र समयसापेक्ष शिक्षण पद्धतिको आवश्यकतालाई मध्यनजर गर्दै सञ्चालित यस तालिममा आधुनिक शिक्षण विधि, कक्षा व्यवस्थापन र शैक्षिक सामग्रीको प्रभावकारी प्रयोगमा केन्द्रित रहेर सत्रहरू सञ्चालन गरिएका थिए। साथै, विद्यार्थीको सिकाइ क्षमता बढाउने व्यावहारिक प्रविधि र शिक्षणका क्रममा आइपर्ने चुनौतीहरूको विषयमा शिक्षकहरूबीच गहिरो छलफल र अनुभव आदानप्रदान भएको थियो।
कार्यक्रमको समापन समारोहमा बोल्दै जाल्सानका अध्यक्ष रमेश देवकोटाले गुणस्तरीय भाषा शिक्षाका लागि शिक्षकको क्षमता विकास अनिवार्य रहेको बताए। “शिक्षकको क्षमता अभिवृद्धिको प्रत्यक्ष प्रभाव विद्यार्थीको सिकाइमा पर्ने हुनाले बदलिँदो शिक्षण अभ्यासअनुसार आधुनिक विधि र प्रविधिको प्रयोग बढाउनैपर्छ,” उनले भने।
त्यसैगरी, जाल्सानका महासचिव अरुण पाण्डेले सिकेका ज्ञानलाई कक्षाकोठामा व्यावहारिक रूपमा उतार्न सहभागीहरूलाई आग्रह गरे। संस्थागत सहकार्य र ज्ञान आदानप्रदान नै प्रशिक्षणको मूल मर्म रहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि जापान फाउन्डेसनसँग मिलेर यस्ता परिणाममुखी कार्यक्रम निरन्तर गरिने प्रतिबद्धता व्यक्त गरे।
प्रशिक्षणमा जापानी प्रशिक्षकद्वय कोजिमा केइको र सुजुकी चिआकी ले सहजीकरण गरेका थिए। उनीहरूले शिक्षकहरूको सक्रिय सहभागिताको प्रशंसा गर्दै विद्यार्थीको आवश्यकता बुझेर अध्यापन गर्न र निरन्तर सिकाइमा जोड दिए।
नेपालमा जापानी भाषाप्रतिको आकर्षण बढ्दै गएको सन्दर्भमा, भाषा शिक्षणलाई थप व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको बनाउन भविष्यमा पनि यस्ता कार्यशाला र क्षमता अभिवृद्धिका कार्यक्रमहरूलाई निरन्तरता दिने जाल्सानले जनाएको छ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि