काठमाडौँ — नेपाललाई विश्वमाझ ‘शान्ति क्षेत्र’ (Peace State) का रूपमा स्थापित गर्ने र दिगो पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आगामी वैशाख १५ गतेदेखि ‘टुर डे लुम्बिनी शान्तिका लागि साइकल यात्रा’ (TDL-P4P) को २०२६ संस्करण आयोजना हुने भएको छ । काठमाडौँदेखि भगवान् बुद्धको जन्मस्थल लुम्बिनीसम्म सञ्चालन हुने यो पाँच दिने साइकल यात्रा वैशाख १९ गते (अप्रिल २८ देखि मे २) सम्म चल्नेछ ।
सामाजिक उद्यमी एवं अशोका फेलो मेघ आलेको अवधारणामा सन् २०१२ देखि सुरु भएको यस अभियानले दशक लामो सशस्त्र द्वन्द्वपछिको संक्रमणकालीन अवस्थामा शान्ति र पुनर्निर्माणको मार्गलाई अघि बढाउन निरन्तरता दिँदै आएको छ । यस वर्षको संस्करणमा विशेषगरी ‘जेन जी’ (Gen Z) पुस्ताका युवाहरूको सक्रिय सहभागितालाई प्राथमिकता दिइएको आयोजकले जनाएका छन् ।
साहसिक पर्यटनका अभियन्ता एवं टुर डे लुम्बिनीका अध्यक्ष मेघ बहादुर आलेले यस पटकको यात्रालाई युवा र प्रविधिसँग जोड्न खोजिएको बताए । उनका अनुसार, “डिजिटल युगमा युवाहरूको सक्रियतालाई केवल ग्याजेटमा मात्र सीमित नगरी उनीहरूको शारीरिक सहनशीलता र सामाजिक उत्तरदायित्वसँग जोड्दै दिगो, पारदर्शी र शान्तिपूर्ण भविष्यका लागि आवाज उठाउने मञ्चका रूपमा यो यात्राले काम गर्नेछ ।”
हालको विश्व परिवेशमा रुस-युक्रेन युद्ध तथा मध्यपूर्वमा देखिएको तनावका कारण बढ्दो अस्थिरताबीच यस्ता स्थानीय स्तरका शान्ति अभियानहरूको महत्त्व झन् बढेको आयोजकको ठहर छ । यात्रामा स्वदेशी तथा विदेशी साइकल यात्री, कर्पोरेट क्षेत्र र सञ्चारकर्मीहरूको सहभागिता रहनेछ ।
विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा सुरु भएको यो अभियानले भविष्यमा शान्तिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरूलाई ‘लुम्बिनी शान्ति पुरस्कार’ प्रदान गर्ने लक्ष्यसमेत राखेको छ । भारत र चीन जस्ता ठूला अर्थतन्त्रका बीचमा रहेको नेपालले विश्व शान्ति संवादको केन्द्रका रूपमा भूमिका खेल्न सक्ने विश्वासका साथ यो र्याली सञ्चालन हुन लागेको हो ।
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग
-
त्रिशुली पारीको भूभाग पुनः सडक सञ्जालमा जोडियो, सदरमुकामसँगको पहुँच स्थापित