काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले देशको ऊर्जा क्षेत्रको विकासमा नयाँ सरकारको कार्ययोजनाप्रति स्वागत व्यक्त गरेको छ। नयाँ सरकार गठनपछि सार्वजनिक गरिएको एक सय बुँदे कार्ययोजनाले ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएकाले निजी क्षेत्र उत्साहित भएको इप्पानले जनाएको छ। विशेष गरी लामो समयदेखि रोकिएका पीपीएहरू १८० दिनभित्र खुला गर्ने घोषणा सकारात्मक रहेको उल्लेख गरिएको छ।
इप्पानका अनुसार नेपालमा हाल विद्युत उत्पादन क्षमता करिब ४ हजार मेगावाट नाघेको छ, जसमा निजी क्षेत्रको योगदान करिब ३३५० मेगावाट भन्दा बढी रहेको छ। साथै, निजी क्षेत्रबाट करिब ५७०० मेगावाट क्षमताका आयोजना निर्माणाधीन छन् भने १३ हजार मेगावाटका आयोजना विद्युत खरिद सम्झौता (पीपीए) का लागि आवेदन दिइसकेका छन्।
इप्पानका अनुसार उक्त निर्णयले पीपीएका लागि आवेदन दिएका हजारौं मेगावाटका आयोजनालाई छिटो अघि बढाउन सहयोग पुग्नेछ। साथै, उत्पादनसँगै प्रसारण, वितरण र निर्यात क्षेत्रमा पनि निजी क्षेत्रको सहभागिता आवश्यक रहेकोमा पुनः जोड दिइएको छ।
कार्ययोजनामा ऊर्जा निर्यात रणनीति एक महिनाभित्र तयार गर्ने, नेपाल विद्युत प्राधिकरणको संरचनात्मक सुधार गर्ने, तथा ऊर्जा क्षेत्रमा बहुआयामिक वित्तीय स्रोत व्यवस्थापन गर्ने विषय समेटिएको छ। यसले ऊर्जा क्षेत्रमा देखिएका संरचनागत तथा वित्तीय समस्या समाधान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
त्यस्तै, लगानीकर्ताले लामो समयदेखि भोग्दै आएको प्रक्रियागत झन्झट अन्त्य गर्न एकद्धार प्रणाली लागू गर्ने विषयलाई पनि इप्पानले सकारात्मक रूपमा लिएको छ। यसले जग्गा प्राप्ति, रुख कटान तथा वातावरणीय अध्ययनजस्ता कार्यहरूलाई छिटो र सहज बनाउने विश्वास गरिएको छ।
इप्पानले कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन हुनु सबैभन्दा महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै सरकारसँग सहकार्य र समन्वय गरी अघि बढ्न तयार रहेको जनाएको छ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि