• बिहिबार, १ असोज २०८३
  • शेयर बजारका ‘बादशाह दीपेन्द्र अग्रवाल एमाले प्रवेश, ओलीले दिए खुला निमन्त्रण

    शेयर बजारका ‘बादशाह दीपेन्द्र अग्रवाल एमाले प्रवेश, ओलीले दिए खुला निमन्त्रण

    सबलनेपाल संवाददाता
    पुष २९ २०८२, मंगलबार

     

    काठमाडौं । नेपाली शेयर बजारका ‘बादशाह’ भनेर चिनिने चर्चित शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गर्ने भएका छन्।

    मंगलबार पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा भएको भेटवार्तापछि अग्रवालको एमाले प्रवेश टुंगो लागेको हो।

    अध्यक्ष ओलीले अग्रवाललाई पार्टीमा स्वागत गर्दै, पार्टीमा उनीबाट राम्रो भूमिका निर्वाह हुने विश्वास व्यक्त गरेका छन्।

    काठमाडौंको चुनेदेवी निवासी अग्रवाल विगत लामो समयदेखि नेपाली पूँजी बजारमा सक्रिय छन्। शेयर कारोबार, लगानी व्यवस्थापन तथा पूँजी बजारसम्बन्धी विश्लेषणमा उनको गहिरो पकड रहेको मानिन्छ। बजारमा उनले खेलेको भूमिकाका कारण उनी ‘शेयर बजारका बादशाह’का रूपमा परिचित भएका छन्।

    अग्रवाल यसअघि जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्यसमेत रहेका थिए। पूँजी बजार सुधार, लगानीमैत्री वातावरण निर्माण र आर्थिक स्थायित्वका विषयमा निरन्तर आवाज उठाउँदै आएका अग्रवालको एमाले प्रवेश राजनीतिक र आर्थिक दृष्टिले महत्वपूर्ण मानिएको छ।

    एमालेले निजी क्षेत्र, लगानीकर्ता र उद्यमीहरूसँगको सम्बन्ध सुदृढ बनाउने प्रयास गरिरहेको बेला अग्रवालजस्ता अनुभवी व्यक्तित्वको प्रवेशले पार्टीलाई नीतिगत रूपमा थप बल पुग्ने अपेक्षा गरिएको छ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij