काठमाडौँ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को २०औँ साधारणसभा अन्तर्गत सोमबार सम्पन्न निर्वाचनबाट लक्ष्मण पौडेल ‘एन्ड्रयु’ अध्यक्षमा निर्वाचित भएका छन्।अध्यक्ष पदका अर्का उम्मेदवार दीपकराज भुषाललाई पराजित गर्दै पौडेल अध्यक्षमा विजयी भएका हुन्।
डिजिटल मतदान प्रणालीमार्फत सम्पन्न निर्वाचनमा देशभरका इक्यान सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
निर्वाचन परिणामअनुसार प्रथम उपाध्यक्षमा बासुदेव दाहाल, द्वितीय उपाध्यक्षमा विकल्पराज पोखरेल र तृतीय उपाध्यक्षमा गीता शिवाकोटी निर्वाचित भएका छन्। महासचिवमा भवनाथ हुमागाईं विजयी भएका छन् भने सह महासचिवमा सुरज सिलवाल र आशिक कार्की निर्वाचित भएका छन्।
यस्तै, कोषाध्यक्षमा साधना पुडासैनी र सह–कोषाध्यक्षमा गोविन्द खनाल निर्वाचित भएका छन्।यस निर्वाचनमा अध्यक्षका उम्मेदवार लक्ष्मण पौडेल र दीपकराज भुषाल दुवैले आ-आफ्ना प्यानलसहित प्रतिस्पर्धा गरेका थिए।
अध्यक्षमा पौडेल विजयी भए पनि कार्यसमितिका अन्य पदहरूमा दुवै प्यानलका उम्मेदवार निर्वाचित हुँदा निर्वाचनको नतिजा मिश्रित देखिएको छ।
निर्वाचनअघि काठमाडौँमा आयोजित दुवै प्यानलका उम्मेदवारी घोषणा सभा, तीव्र प्रचारप्रसार र डिजिटल माध्यममार्फत भएको सम्पर्क अभियानले निर्वाचनलाई प्रतिस्पर्धात्मक बनाएको थियो। अन्ततः मतदाताले अध्यक्षमा नेतृत्व परिवर्तन रोजे पनि कार्यसमितिमा अनुभव र सन्तुलनलाई महत्व दिएको विश्लेषण गरिएको छ।
।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि