• बुधबार, ३१ भाद्र २०८३
  • चर्चित सेयर लगानीकर्ता तथा कारोबारी दीपेन्द्र अग्रवाल धरौटीमा रिहा

    चर्चित सेयर लगानीकर्ता तथा कारोबारी दीपेन्द्र अग्रवाल धरौटीमा रिहा

    सबलनेपाल संवाददाता
    पुष १३ २०८२, आइतबार

    काठमाण्डौ – चर्चित सेयर लगानीकर्ता तथा कारोबारी दीपेन्द्र अग्रवाल धरौटीमा रिहा हुने भएका छन्। काठमाण्डौ जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतको आदेश पछि रिहाइ प्रक्रिया सुरु भएको प्रहरी स्रोतले जानकारी दिएका छन्।

    उनी करिब १० दिनअघि काठमाण्डौको चुनदेवी क्षेत्रबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले पक्राउ गरेको थियो। पक्राउको कारण नेपाल धितोपत्र बोर्डको सिफारिस अनुसार विभिन्न कम्पनीको सेयरको भित्री कारोबारमा संलग्नता रहेको आरोप हो। हिरासतमा राखेर थप अनुसन्धान गरिएको थियो।

    हिरासतमा रहँदा अग्रवालले धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफूमाथि पूर्वाग्रहपूर्ण कारबाही गरिरहेको भन्दै अनसन पनि गरेका थिए।
    पक्राउ परेका केही दिनपछि परिवारले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेको थियो। अदालतले अग्रवाललाई हिरासत बाहिरै रहेर मुद्दा लड्न पाउने र CIB सँग सहयोग गर्ने प्रतिबद्धता देखाएको हुँदा धरौटीमा रिहा गर्न अनुमति दिएको हो।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij