काठमाडौंको दरबारमार्गमा अन्तर्राष्ट्रिय हस्पिटालिटी ब्रान्ड मोक्सी होटल्सले ‘मोक्सी काठमाडौँ’ संचालनमा ल्याउँदै नेपाल प्रवेश गरेको छ। मेरियट बोनवोयअन्तर्गतको यो लाइफस्टाइल होटल परम्परा र आधुनिकताको मिश्रण हुने काठमाडौंलाई आफ्नो उपयुक्त गन्तव्य मान्दै सुरु गरिएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १५ मिनेट दूरीमा रहेको होटलबाट दरबार स्क्वायर, स्वयम्भू (मंकी टेम्पल) र ठमेल जस्ता प्रमुख पर्यटनस्थल सहजै पुग्न सकिन्छ। आर्ट ग्यालरी, क्याफे, रूफटप लाउञ्ज, लाइभ म्युजिक भेन्युहरूजस्ता आधुनिक स्पेससँग जोडिने अनुभव प्रदान गर्नु मोक्सीको विशेषता हो।
मोक्सी काठमाडौँमा १०१ स्मार्ट गेस्ट–रूम, मोसन–एक्टिभेटेड लाइट, ५५ इन्च स्मार्ट टिभी, मोड्युलर फर्निचरजस्ता सुविधा छन्। फिटनेस सेन्टर, खेलकुदका लागि प्लेफुल रिक्रिएसन जोन तथा आगमनमै स्वागत ककटेल प्रदान गर्ने मोक्सी बार यहाँको मुख्य आकर्षण हो।
लेभल ११ मा मेक्सिकन सेफ मार्टिन हर्नान्डेज लोपेजद्वारा क्युरेट गरिएको ल्याटिन अमेरिकी रेस्टुरेन्ट तथा रूफटप बारबाट उपत्यकाको दृश्यसहित हस्तनिर्मित ककटेलको मजा लिन सकिन्छ।
मेरियट इन्टरनेशनलका दक्षिण एसिया क्षेत्रका वरिष्ठ उपाध्यक्ष किरण एन्डिकटले काठमाडौंको ऊर्जाशील वातावरण मोक्सीका लागि उपयुक्त रहेको बताउँदै नेपालमा यो ब्रान्ड ल्याउन पाएकोमा खुशी व्यक्त गरेका छन्। होटलका क्याप्टेन सुवर्ण थापाले काठमाडौंको बदलिँदो जीवनशैलीसँग मेल खाने साहसिक र सामाजिक अनुभव मोक्सीले दिने बताए।
यो दक्षिण एसियाको तेस्रो मोक्सी होटल हो।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि