काठमाडौं – एमएडब्लू राइड्स प्रालि अन्तर्गतको यामाहा नेपालले ग्राहक सन्तुष्टि अभिवृद्धि र नियमित मर्मत–सम्भारलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ‘यामाहा ब्लू क्याम्प’ नामक एक सातासम्म चल्ने राष्ट्रव्यापी सर्भिस अभियान सुरु गरेको छ।
मंसिर २१ देखि २७ गते (डिसेम्बर ७ देखि १३) सम्म सञ्चालन हुने यो अभियान अन्तर्गत ग्राहकहरूलाई देशभरका कुनै पनि आधिकारिक यामाहा सर्भिस सेन्टरमा आकर्षक छुट तथा विशेष सुविधासहित सेवा प्राप्त गर्ने अवसर प्रदान गरिएको छ।
यामाहाले विश्वस्तरीय ‘आफ्टर ‘सेल्स’ सपोर्ट उपलब्ध गराउने लक्ष्यसहित सुरु गरेको यो अभियानले मोटरसाइकल तथा स्कुटरको उत्कृष्ट कार्यसम्पादन सुनिश्चित गर्ने उद्देश्य राखेको छ। अभियान अवधिभर प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सर्भिस सुविधा उपलब्ध हुनेछ।
यस अवधिमा ग्राहकले निःशुल्क बाइक वाश, विस्तृत १५ प्वाइन्ट चेकअप, यामाल्युब र स्पेयर पार्ट्समा आकर्षक छुट तथा लेबर चार्जमा ५० प्रतिशतसम्म छुट पाउनेछन्। साथै, निःशुल्क एएमसी कार्ड प्राप्त गर्ने सुविधा पनि उपलब्ध हुनेछ।
यस अनुभवलाई थप रोमाञ्चक बनाउन यामाहाले ग्राहकका लागि विशेष क्यासब्याक अफर पनि सञ्चालनमा ल्याएको छ। सात दिनसम्म प्रत्येक दिन एक जना भाग्यशाली ग्राहकले आफ्नो कुल मर्मत बिलमा १०० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन्, जसले यो अभियानलाई अझ आकर्षक बनाएको छ।
यामाहा ब्लू क्याम्पअन्तर्गत ‘नो योर बाइक’ सेसनसमेत राखिएको छ, जसमा प्रत्येक सर्भिस सेन्टरका प्राविधिक प्रमुखले ग्राहकलाई आफ्नै मोटरसाइकल वा स्कुटरका विशेषता, मर्मत आवश्यकताहरू तथा प्राविधिक पक्षबारे प्रत्यक्ष जानकारी प्रदान गर्नेछन्। साथै, ‘सेफ्टी राइड सेसन’मार्फत दैनिक सवारी साधन प्रयोगमा अपनाउनुपर्ने सुरक्षित अभ्यासबारे जागरूकता दिइनेछ। ग्राहकहरूले सरप्राइज गिफ्ट, एएमसी खरिदमा विशेष अफर तथा अनलाइन बुकिङमार्फत यामाहा एक्सप्रेस सर्भिसको सुविधा पनि प्राप्त गर्न सक्नेछन्, जसले अग्रिम बुकिङ गर्ने ग्राहकलाई थप सहजता प्रदान गर्नेछ।
अभियानबारे जानकारी दिँदै एमएडब्लू राइड्स प्रा लिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले यामाहाले गुणस्तर, विश्वास र उत्कृष्ट सेवामार्फत दीर्घकालीन ग्राहक सम्बन्ध स्थापित गर्ने प्रतिबद्धता निरन्तरता दिँदै आएको बताए।
‘यामाहा ब्लू क्याम्पमार्फत हामी राइडरहरूलाई सुरक्षा, सन्तुष्टि र मानसिक शान्ति उपलब्ध गराउने उच्चस्तरीय सर्भिस अनुभव प्रदान गर्न चाहन्छौं,’ उनले भने, ‘यो हाम्रो यामाहा परिवारप्रतिको आभार प्रकट गर्ने एक महत्त्वपूर्ण पहल हो।’
दुईपाङ्ग्रे सवारीसाधनको बजारमा अग्रणी यामाहा नेपालले अत्याधुनिक जापानी प्रविधिसहित ग्राहक सेवा र देशव्यापी पहुँचलाई निरन्तर प्राथमिकता दिँदै आएको छ। ‘यामाहा ब्लू क्याम्प’ पनि यही विश्वास र सम्बन्धलाई अझ मजबुत बनाउने अर्को कदमका रूपमा प्रस्तुत गरिएको छ। यो अफर देशभरका सबै आधिकारिक यामाहा सर्भिस सेन्टरहरूमा लागू हुनेछ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि