• बिहिबार, १ असोज २०८३
  • नेपाल मेडिकल काउन्सिलले चिकित्सकको विज्ञापन गतिविधि रोक्न निर्देशन

    नेपाल मेडिकल काउन्सिलले चिकित्सकको विज्ञापन गतिविधि रोक्न निर्देशन

    सबलनेपाल संवाददाता
    मंसिर १७ २०८२, बुधबार

    काठमाडौं — नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले पछिल्लो समय केही चिकित्सकहरू व्यापारीक प्रचार–प्रसारका लागि आफ्नो नाम, फोटो वा प्राप्त गरेको डिग्री विभिन्न साइनबोर्ड, ब्यानर, ब्रोस्चर, पोस्टर लगायतका सामग्रीमा प्रयोग गरिएको पाइएको भन्दै गम्भीर ध्यानाकर्षण गरेको छ।

    काउन्सिलले जारी गरेको सूचनामा चिकित्सकहरूले विज्ञापन वा सेवा प्रवर्द्धन हुने संकेतयुक्त सामग्रीमा आफ्नो नाम वा बोर्ड राख्न नपाइने व्यवस्था ‘Code of Ethics & Professional Conducts 2017’ को बुँदा नं. 5A मा स्पष्ट उल्लेख गरिएको जनाइएको छ। सोही अनुसार चिकित्सकले कुनै पनि प्रकारको व्यापारिक प्रवर्द्धनमा संलग्न हुन नपाइने सूचनामा उल्लेख छ।

    काउन्सिलका अनुसार कोड अफ एथिक्समा उल्लेख विपरीत गतिविधि गरेमा सम्बन्धित चिकित्सकलाई बुँदा नं. 9 अनुसार कारबाही हुने चेतावनी दिइएको छ। काउन्सिलले हालसालै देखिएका यस्ता गतिविधि तत्काल रोक्न सबै चिकित्सक तथा स्वास्थ्य संस्थालाई आग्रह गरेको छ।

    सूचनामा काउन्सिलका रजिस्ट्रार डा. सन्तोष कुमारदेवले दस्तखत गर्दै “सबै चिकित्सकलाई तोकिएका नैतिक मापदण्डअनुसार आचरण गर्न अनुरोध छ” भन्ने स्पष्ट सन्देश दिइएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij