काठमाण्डौं । एमीबएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘माछापुच्छ्रे« एसआईपी योजना’को इकाई खरिदको आज अन्तिम दिन रहेको छ । यस योजनामा आवेदन दिन चाहने लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।
माछापुच्छ्रे बैंक कोष प्रवद्धक र माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक रहेको यो योजनाको इकाई बिक्री आवेदन गत मंसिर १४ गतेदेखि खुला गरिएको थियो । यस योजनामा कुल ५ करोड इकाई निष्कासन गरिएको हो, जसमा प्रथम चरणमा २ करोड इकाइको बिक्रीको लागि आवेदन खुला गरिएको छ ।
कोष प्रवद्धक र योजना व्यवस्थापकका लागि १५ प्रतिशत अर्थात् ७५ लाख इकाई छुट्टाइएको छ, जसमा १४ प्रतिशत अर्थात् ७० लाख इकाई माछापुच्छ्रे बैंक र १ प्रतिशत अर्थात् ५ लाख इकाई माछापुच्छ्रे क्यापिटललाई सुरक्षित राखिएको छ । यस योजनामा लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु ९ आस्वा सदस्य का कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
धितोपत्र निष्कासन र बिक्री प्रबन्धकको रुपमा माछापुच्छ्रे क्यापिटल कार्यरत रहेको यो योजना नेपालको लगानी बजारमा एक आकर्षक अवसरको रुपमा हेरिएको छ ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि