काठमाडाैं – आज नेपाल संविधान दिवस मनाइरहेको छ। यो दिन हामी सबै नेपालीका लागि विशेष दिन हो, किनकि धेरै संघर्ष, बलिदान र आन्दोलनको परिणामस्वरूप हामीले संविधान पाएका हौं। संविधान भनेको हाम्रो साझा दस्तावेज हो, जसले हामीलाई एकतामा बाँध्छ, हाम्रो अधिकारलाई सुनिश्चित गर्छ, हाम्रो भविष्यलाई मार्गदर्शन गर्छ। तर, यो वर्ष संविधान दिवस मनाउँदा मेरो मनमा उत्साहभन्दा बढी प्रश्न र आत्मसमिक्षाको भावना बल्झिएको छ।
संविधानले हामीलाई समानता, समावेशिता, न्याय र स्वतन्त्रताको वाचा गरेको थियो। त्यसैका लागि हामीले आन्दोलन गरेका थियौं, रगत बगाएका थियौं, हजारौंले बलिदान दिएका थिए। तर आजसम्म आइपुग्दा म महसुस गर्छु, संविधानका ती सुन्दर शब्दहरू अझै धेरै नागरिकको जीवनमा वास्तविकता बनेका छैनन्। शहर र गाउँबीचको असमानता, शिक्षामा र रोजगारीमा अवसरको अभाव, सामाजिक न्यायमा ढिलाइ, र पहिचानको प्रश्न अझै समाधान हुन सकेका छैनन्। संविधान जारी भएको दिनको उत्साह मलाई अझै याद छ। हामी सबैले सोचेका थियौं, अब नेपाल नयाँ बाटोमा लाग्छ। तर समयसँगै त्यो उत्साह निराशामा बदलिँदै गएको देख्दा दुःख लाग्छ।
संविधानको मर्म कागजमा मात्र सीमित हुँदै गएको छ, जबकि जनताले जीवनमा न्याय र समानता खोजिरहेका छन्। यही खाडलले आन्दोलन जन्माएको छ। हालैको जिन्जी आन्दोलन त्यसै असन्तोषको प्रत्यक्ष स्वरूप हो। सडकमा उत्रिएका नागरिक केवल क्रुद्ध भएर होइन, सुन्ने कोही नभएकाले कराउन बाध्य भएका हुन्। उनीहरूको अनुहारमा पीडा मात्र होइन, न्यायप्रतिको तिर्खा देखिन्छ। उनीहरूले उठाएका प्रश्नहरूलाई हामी विद्रोह भनेर मात्र खारेज गर्ने हो भने, संविधानलाई कमजोर पार्ने काम हुन्छ। मलाई लाग्छ, राज्यले यी आवाजलाई समाधानको अवसरका रूपमा लिनुपर्छ। संविधान दिवस केवल उत्सव होइन, यो आत्मसमिक्षा गर्ने दिन पनि हो। म आफूलाई सोध्छु के हामीले संविधानलाई व्यवहारमा लागू गर्न सकेका छौं? के सबै समुदाय र क्षेत्रलाई समान अवसर दिन सकिएको छ? के संविधानले दिएको अधिकार सबै नागरिकले समान रूपमा भोगिरहेका छन्? यी प्रश्नहरूको जवाफ अझै ‘हो’ भन्न सक्दिन। अनि त्यसैले यो दिन उत्सव मात्र होइन, पीडा र जिम्मेवारीको स्मरण पनि हो। संविधान भनेको केवल कानुनी दस्तावेज होइन, यो त हाम्रो साझा सपना हो।
जब नागरिकले आफ्नो पहिचान, सम्मान र अवसर सुरक्षित महसुस गर्दैनन्, तब संविधानको शक्ति हराउँछ। संविधान बलियो हुन्छ भनेको जब जनताको विश्वास बलियो हुन्छ। तर जनताको विश्वास भनेको केवल भाषणले होइन, व्यवहारले मात्र कायम रहन्छ। आज हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने, संविधान बचाउन सबैभन्दा पहिले जनताको आवाजलाई सम्मान गर्नुपर्छ। जिञ्जी आन्दोलन जस्ता आन्दोलनलाई दमन गरेर होइन, संवाद र सहमतिले सम्बोधन गर्नुपर्छ। जबसम्म नागरिकले आफूलाई समान नागरिकको रूपमा महसुस गर्दैनन्, तबसम्म संविधान अधुरो रहन्छ। संविधान दिवसको सन्देश यही हुनुपर्छ । आत्मसमिक्षा र सुधार। यस दिन हामीले संकल्प गर्नुपर्छ, संविधानलाई केवल कागजका पानामा सीमित नगरी जनताको जीवनमा उतार्ने।
कुनै पनि नागरिकले आफू दोस्रो दर्जाको महसुस नगरोस्, सबैले समान अवसर, सम्मान र अधिकार पाओस्। संविधान हाम्रो साझा घर हो भने, त्यो घरभित्र सबैलाई बराबरी स्थान मिल्नुपर्छ। संविधान दिवसलाई उत्सव मात्र होइन, जिम्मेवारीको दिन बनाऔं। नेतृत्वले जनताको आवाज सुन्नुपर्छ, असन्तोषलाई सम्बोधन गर्नुपर्छ, न्याय र समानतालाई जीवनमा उतार्नुपर्छ। हामी सबै नागरिकले पनि संविधानलाई बाँच्ने र बचाउने प्रतिबद्धता गर्नुपर्छ। म व्यक्तिगत रूपमा यस संविधान दिवसमा यही प्रतिज्ञा गर्छु । संविधानलाई केवल किताबका पानामा होइन, हाम्रो जीवनमा घुलमिल हुने बनाएर अघि बढाउने। संघर्ष, बलिदान र सपना व्यर्थ नजाओस् भन्ने मेरो चाहना हो। संविधान बलियो हुन्छ जब हामी सबैले त्यसलाई आफ्नो जीवनमा उतार्छौं। संविधान बलियो हुन्छ जब जनताको भरोसा बलियो हुन्छ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग
-
त्रिशुली पारीको भूभाग पुनः सडक सञ्जालमा जोडियो, सदरमुकामसँगको पहुँच स्थापित