• बिहिबार, १ असोज २०८३
  • ब्रिलियन्ट एजुकेशन नेपालमा ‘एडमिशन डे’ २० अगस्टमा विशेष कार्यक्रम

    ब्रिलियन्ट एजुकेशन नेपालमा ‘एडमिशन डे’ २० अगस्टमा विशेष कार्यक्रम

    सबलनेपाल संवाददाता
    भाद्र २ २०८२, सोमबार

    ब्रिलियन्ट एजुकेशन नेपालमा ‘एडमिशन डे’ २० अगस्टमा विशेष कार्यक्र

    काठमाडौं _ पुतलीसडकस्थित ब्रिलियन्ट एजुकेशन नेपालले आगामी २० अगस्ट २०२५ मा विशेष ‘एडमिशन डे’ आयोजना गर्ने भएको छ। बिहान ९ बजेदेखि सुरु हुने यो कार्यक्रममा विद्यार्थीहरूले अनदस्पट एडमिशन, प्रत्यक्ष विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग भेटघाट, एकल परामर्श सेवा र पूर्ण छात्रवृत्तिसम्मका अवसर पाउनेछन्। यसैगरी IELTS तथा PTE सम्बन्धी विशेष सेसन समेत आयोजना गरिने संस्थाले जनाएको छ।

    ‘शिक्षा सबैका लागि, पहिलो देश अनि विदेश’ भन्ने नारासहित अघि बढिरहेको ब्रिलियान्ट एजुकेशन नेपालले एकै छानामुनि १० भन्दा बढी विश्वविद्यालय तथा कलेजको प्रतिनिधित्व गराउने तयारी गरेको छ। यसले विद्यार्थीलाई विदेश अध्ययनका लागि उपयुक्त संस्था छनोट गर्न सजिलो हुने बताइएको छ।

    कार्यक्रमबारे जानकारी दिँदै ब्रिलियन्ट एजुकेशन नेपालकी प्रबन्ध निर्देशक कल्पना बस्नेतले भनिन्, “हामीले विद्यार्थीलाई तत्काल मूल्याङ्कन, प्रत्यक्ष प्रतिनिधिसँग भेटघाट र योग्यताअनुसार छात्रवृत्ति प्राप्त गर्ने अवसर उपलब्ध गराएका छौं। विद्यार्थी र अभिभावकले एउटै स्थानमा सम्पूर्ण जानकारी पाउने वातावरण हामीले तयार गरेका छौं।”

    विद्यार्थी तथा अभिभावकलाई लक्षित यस कार्यक्रममा सहभागी हुनका लागि अग्रिम दर्ता गर्न सकिनेछ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij