• बुधबार, ३१ भाद्र २०८३
  • यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन

    यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन

    सबलनेपाल संवाददाता
    साउन ३ २०८२, शनिबार

    नवलपरासी । यातायात व्यवस्था कार्यालय नवलपरासी९बर्दघाट सुस्तापूर्व०ले आर्थिक वर्ष २०८१÷८२ मा २८ करोड ४५ लाख ८७ हजार ९८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

    आर्थिक वर्ष २०८१-८२ मा कार्यालयको राजस्व सङ्कलन अघिल्लो आव कै हाराहारीमा भएको यातायात व्यवस्था कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रमुख सुरेश जैसवालले बताए ।

    ‘गत आवमा सवारी साधन कर सङ्कलन बापत २२ करोड ८७ लाख ९६ हजार ७४८ रुपैयाँ, सवारी चालक अनुमति पत्र एवं सवारी दर्ता किताब बापत ५०० करोड १५ लाख १६ हजार ५५ रुपैयाँ, यातायात क्षेत्रको आम्दानी राजस्व शीर्षकमा ३१ लाख ६६ हजार ५०० रुपैयाँ र अन्य प्रशासनिक सेवा शुल्क बापत ११ लाख दुई हजार ३५० रुपैयाँ राजस्व सङ्कलन भएको छ’, उनले भने ।

    गत आर्थिक वर्ष यातायात व्यवस्था कार्यालय९नवलपरासी बर्दघाट सुस्तापूर्व०मा विभिन्न प्रकृतिका एक हजार ४१४ वटा सवारी जाँच पास गरिएको छ । त्यसैगरी यस कार्यालयबाट आव २०८१–८२ मा सवारी चालक अनुमति पत्रका लागि नौ हजार ९७५ जनाले लिखित परीक्षामा सहभागी भएको प्रमुख जैसवालले जनकारी दिए ।

    ‘गत आवमा सवारी चालक अनुमतिको ट्रायल परीक्षामा २० हजार २६० जनाले दिएका छन्’,उनले भने ,‘यहीँ अवधिमा तीन हजार ५४ वटा सवारी चालक अनुमति पत्र नवीकरण गरिएको छ ।’

    यातायात व्यवस्था कार्यालयले कर सङ्कलनलाई व्यवस्थित र प्रभावकारी बनाउन विशेष अभियान नै सञ्चालन गरेको कार्यालय प्रमुख जैसवालले बताउनु भयो । यो अभियान अन्तर्गत बिल बुक नवीकरण, जाँच पास, रुट परमिट तथा सवारी चालक अनुमति पत्रको चेकजाँचलाई विशेष प्राथमिकता दिइएको थियो ।

    अभियानको सकारात्मक प्रभावको रूपमा चैत महिनामा मात्र चार करोड ८० लाख २५ हजार ६२५ रुपैयाँ राजस्व सङ्कलन भएको उनले बताए।

    सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न यातायात कार्यालयले विशेष व्यवस्था गरेको सूचना अधिकारी टेक नारायण तिवारीले बताए । कर तीर्न आउने सेवाग्राहीको भीडलाई व्यवस्थित गर्न अतिरिक्त कर्मचारी खटाइएको तिवारीले जानकारी दिए ।

    ‘सेवा लिने क्रम छिटो होस् भन्ने उद्देश्यले छुट्टै काउन्टरको व्यवस्था गरिएको छ’ उनले भने, ‘कर तिर्दा आवश्यक पर्ने कागजात तथा अन्य जानकारी सहजै उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।’

    गत आर्थिक वर्ष २०८०-८१ मा यातायात व्यवस्था कार्यालय नवलपरासी९बर्दघाट सुस्तापूर्व०ले ३० करोड ३५ लाख ५३ हजार ९५३ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij