• बुधबार, ३१ भाद्र २०८३
  • आज चारवटा संसदीय समितिका बैठक हुँदै

    आज चारवटा संसदीय समितिका बैठक हुँदै

    सबलनेपाल संवाददाता
    असार ३२ २०८२, बुधबार

    काठमाडौं – केही दिनका लागि सङ्घीय संसद्का दुवै सदनका बैठक नभए पनि आज चारवटा संसदीय समितिका बैठक हुँदैछन् ।

    आज कानुन, न्याय तथा मानवअधिकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति र राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको अनुगमन तथा मूल्याङ्कन (संयुक्त) समितिको बैठक हुँदैछ ।

    राष्ट्रियसभा र प्रतिनिधिसभाका बैठक क्रमशः साउन ६ र ७ गते हुँदैछन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij