• बिहिबार, १ असोज २०८३
  • गाायिका समीक्षा एलिनाकाे अभियानमा प्रधामन्त्री ओलीको समर्थन

    गाायिका समीक्षा एलिनाकाे अभियानमा प्रधामन्त्री ओलीको समर्थन

    सबलनेपाल संवाददाता
    असार १४ २०८२, शनिबार

    काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका समीक्षा अधिकारी र एलिना चौहानले केही दिनयता आफुँहरुलाई सामाजिक सञ्जालमा जथाभावी कमेन्ट गर्नेलाई सार्वजनिक गरेपछि उनीहरुको कामलाई समर्थन जनाएका छन् । शनिबार सामाजिक सञ्जालमा लेख्दै ओलीले दुवै गायिकाले देखाएको साहसको प्रशंसा गर्दै समाजलाई परपीडक प्रवृत्तिबाट जोगाउनु पर्नेमा जोड दिएका हुन् ।

    ओलीले सामाजिक सञ्जालमार्फत भने, ‘आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ।’

    उनका अनुसार समाजमा सकारात्मक काम गर्न खोज्ने जो–कोहीले गाली र आलोचना भोग्नुपरेको अहिले सामान्य जस्तै बनेको छ, जुन चिन्ताजनक हो। उनले गाली गर्नेहरूलाई सार्वजनिक गरेर समाजलाई विवेकतर्फ फर्काउने यी दुई गायिकाको शैली सही रहेको बताए।
    ‘समाजलाई उत्तेजनाले गाइड गरेर गलत बाटोतर्फ डोर्‍याउन नदिन र विवेकतर्फ फर्काउन गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने यी दुई गायिकाको तरिका सही लाग्यो,’ ओलीको भनाइ छ।

    उनले राम्रो गर्न खोज्नेहरूले कुनै हालतमा हिम्मत नहार्नु पनि भनेकाछन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij