• बिहिबार, १ असोज २०८३
  • भिजिट भिसा प्रकरणमा सरकारद्वारा उच्चस्तरीय छानबिन समिति गठन

    भिजिट भिसा प्रकरणमा सरकारद्वारा उच्चस्तरीय छानबिन समिति गठन

    सबलनेपाल संवाददाता
    असार ९ २०८२, सोमबार

    काठमाडौं — सरकारले भिजिट भिसाको दुरुपयोगसम्बन्धी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो।

    एक मन्त्रीका अनुसार छानबिन समितिमा सम्बन्धित मन्त्रालयका सहसचिवहरू सदस्य रहने छन्। समितिलाई ३० दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।

    भिजिट भिसाको नाममा गैरकानुनी ढंगले श्रमिक विदेश पठाइएको, विदेशस्थित नियोगहरूबाट आवश्यक समन्वय नभएको र प्रक्रियामा अनियमितता देखिएको गुनासोपछि सरकार दबाबमा आएको थियो। पछिल्लो समय मिडियामा सार्वजनिक भएको विभिन्न विवरणहरूले विषय गम्भीर बन्दै गएको छ।

    यस छानबिन समितिबाट भिसा प्रक्रियामा भएको सम्भावित अनियमितता, कमजोरी र जिम्मेवार पक्षको पहिचान गरी सुधारात्मक कदमका लागि सिफारिस गरिने अपेक्षा गरिएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij