• शनिबार, ३ असोज २०८३
  • महानगर प्रहरी प्रमुखको निलम्बन कार्यान्वयन नगर्न अन्तरिक आदेश

    महानगर प्रहरी प्रमुखको निलम्बन कार्यान्वयन नगर्न अन्तरिक आदेश

    सबलनेपाल संवाददाता
    असार ४ २०८२, बुधबार

    काठमडौं – उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

    उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले आज पाण्डेको निलम्बन कार्यान्वयन नगर्न र कामकाज नियमित गर्न दिन अन्तरिम आदेश दिएको अदालतका सूचना अधिकारी पार्वती हितानले जानकारी दिए ।

    महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई जेठ २० गते छ महिनाका लागि निलम्बन गर्नुभएको थियो । उक्त निलम्बनविरुद्ध पाण्डेले बिहीबार उच्च अदालतमा उत्प्रेषणको रिट दायर गरेका थिए
    निवेदनको टुङ्गो नलागेसम्म पाण्डेलाई पदमा रही कामकाज गर्न दिन उच्च अदालतले अन्तरिम आदेशमा भनेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij