जर्मनी, ह्यामबर्ग – कौशिक गोत्रीय रेग्मी बन्धु समाज, केन्द्रिय कार्यालयले युरोपमा फैलिएको रेग्मी समुदायलाई आपसमा जोड्ने उद्देश्यले जर्मनीको ह्यामबर्ग निवासी चण्डी रेग्मीलाई सम्पर्क व्यक्ति नियुक्त गरेको छ।
समाजका अनुसार युरोपका विभिन्न मुलुकहरूमा बसोबास गरिरहेका कौशिक गोत्रीय रेग्मीहरूको विवरण संकलन, बसाइसराइको पृष्ठभूमि, हालको अवस्थाबारे जानकारी व्यवस्थापन तथा सामाजिक सञ्जाल सुदृढ गर्न सम्पर्क व्यक्ति नियुक्त गरिएको हो।
नबनियुक्त सम्पर्क व्यक्ति चण्डी रेग्मीले अब जर्मनीका विभिन्न शहरहरूमा रहेका रेग्मीहरूसँग समन्वय गर्दै विवरण संकलन, आगामी कार्यक्रमहरूको तयारी र समाजका गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने बताइएको छ।
त्यसैगरी, माल्टामा विगतदेखि नै सक्रिय रहँदै आएका कमल रेग्मीलाई सो देशका लागि सम्पर्क व्यक्ति कायम राखिएको छ। चण्डी रेग्मी र कमल रेग्मीको सहकार्यमा युरोपभर रहेका रेग्मीहरूलाई समेट्दै विभिन्न मुलुकहरूमा भेला, भेटघाट तथा सामाजिक गतिविधिहरू आयोजना गर्ने योजना पनि समाजले अघि सारेको छ।
समाजका केन्द्रिय कोषाध्यक्ष बुद्धि प्रसाद रेग्मीले चण्डी रेग्मी र कमल रेग्मी दुवैलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका छन्। साथै, युरोपमा रहेका सम्पूर्ण रेग्मीहरूलाई संस्थासँग आबद्ध भई सामाजिक एकता मजबुत बनाउन आग्रह गरेका छन्।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि