काठमाडौं -आन्तरिक राजस्व कार्यालय, मिनभवनको आयोजना तथा नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघ (ईसीएएन) को सहकार्यमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रमु सम्पन्न भएको छ। कार्यक्रममा कर प्रमुख श्री गोविन्द आचार्यको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथि महासंघका अध्यक्ष राजेन्द्र बराल थिए।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सेवन्तराज कोईराला, गृह मन्त्रालयका उपसचिव छविलाल पौडेल, परराष्ट्र मन्त्रालयका उपसचिव भेष प्रसाद भुर्तेल र नेपाल राष्ट्र बैंकका निर्देशक डा। संजय मिश्रले शैक्षिक परामर्श व्यवसायसँग सम्बन्धित नीतिगत र कानुनी पक्षबारे धारणा राखेका थिए।

कार्यक्रममा ईसीएएन, आईआरआईएन, एपक्यान, जालसान, नायर, एईक्यान, केक्यान र नेवा लगायत महासंघमा आवद्ध संघ(संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा कर अधिकृत रमेश श्रेष्ठले कर प्रणाली, सेवा निर्यातमा लाग्ने मूल्य अभिवृद्धि कर, अग्रिम आयकर लगायतका विषयमा जानकारीमूलक प्रस्तुति राखेका थिए।
नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष शेषराज भट्टराईले वैदेशिक अध्ययनपछि फर्किएका विद्यार्थीको ज्ञानलाई मानव पूँजीका रूपमा उपयोग गर्न राज्यले पहल गर्नुपर्ने बताए। उनले सेवा निर्यातका रूपमा यस व्यवसायमा मूल्य अभिवृद्धि कर शून्य दर लागू गर्न र अग्रिम आयकर घटाउन सुझाव दिए।

महासंघका अध्यक्ष राजेन्द्र बरालले कार्यक्रम अत्यन्तै उपयोगी रहेको बताए। उनले करसम्बन्धी जानकारीको अभावले व्यवसायीलाई अनावश्यक जटिलता हुने भएकाले यस्ता कार्यक्रम देशैभर आयोजना गरिनुपर्नेमा जोड दिए। साथै, उनले विद्यार्थीले बुझाउने शुल्क फिर्ता प्रक्रिया सरलीकरण गर्नुपर्ने माग समेत राखे।

कार्यक्रमका अध्यक्ष एवं प्रमुख कर अधिकृत गोविन्द आचार्यले शैक्षिक परामर्श व्यवसाय विस्तार भएसँगै यसलाई व्यवस्थित गर्दै कर दायरामा ल्याउन जरूरी रहेको बताए। उनले पारदर्शिता कायम गर्दै यस क्षेत्रबाट राजस्व, रोजगारी र आर्थिक विकासमा योगदान पुग्ने सम्भावना रहेको उल्लेख गरे। साथै, नेपाललाई शैक्षिक हबको रूपमा विकास गरी विदेशी विद्यार्थीलाई समेत आकर्षित गर्न सकिने धारणा राखे।
कार्यक्रमको अन्त्यमा खुला अन्तरक्रियामा सहभागीहरूको जिज्ञासाको सम्बोधन गर्दै कर प्रमुख आचार्यले सबै सरोकारवालाको प्राथमिकतामा आधारित सहकार्य आवश्यक रहेको भन्दै धन्यवाद ज्ञापन गरे। कार्यक्रमको सञ्चालन कर अधिकृत बेद प्रसाद खनालले गरेका थिए।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि