• शुक्रबार, २ असोज २०८३
  • राष्ट्रपतिसँग सञ्चारिका समूहको शिष्टाचार भेट

    राष्ट्रपतिसँग सञ्चारिका समूहको शिष्टाचार भेट

    सबलनेपाल संवाददाता
    जेष्ठ ९ २०८२, शुक्रबार

    काठमाडौं – सञ्चारिका समूह नेपालको प्रतिनिधिमण्डलले संस्थाका अध्यक्ष कमला पन्थीको नेतृत्वमा आज सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेको छ।

    भेटका क्रममा अध्यक्ष पन्थीले नेपालमा सञ्चार क्षेत्रभित्र महिलाहरूको अवस्थाबारे जानकारी गराउँदै, उनीहरूले भोगिरहेका अवसर र चुनौतीहरूबारे प्रकाश पारिन्। साथै, सञ्चारिका समूहले सञ्चालन गरिरहेका कार्यक्रमहरू, महिला पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि गरिएका पहलहरू तथा भविष्यका योजना पनि प्रस्तुत गरे ।

    अध्यक्ष पन्थीले विशेष रूपमा दीर्घकालीन दृष्टिकोणमा महिला सञ्चारकर्मीहरूलाई सशक्त बनाउने कार्यक्रमहरूको आवश्यकता बारे औल्याइन् ।

    भेटवार्तामा राष्ट्रपतिले सञ्चारिका समूहको पहलप्रति प्रशंसा व्यक्त गर्दै, सञ्चार क्षेत्रमा लैङ्गिक समानताको प्रवर्द्धनका लागि संस्थाको भूमिकालाई सराहनीय रहेकाे बताए। उनले सञ्चारजगतमा महिलाहरूको प्रभावकारी उपस्थिति बढाउन यस्ता संस्थागत प्रयासहरूले प्रेरणा दिने विश्वास पनि व्यक्त गरे ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij