तानसेन नगरपालिका–११, बन्दीपोखरास्थित ऐतिहासिक र जनविश्वासले भरिएको ‘जोगीपानी कुवा’ प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। बोल्न नसक्ने बालबालिकालाई यो कुवाको पानी खुवाएमा बोली आउँछ भन्ने जनविश्वासका बाबजुद यसको प्रचार र संरक्षणमा अपेक्षित चासो देखिएको छैन।
स्थानीय भुनकुमारी गहतराजका अनुसार, परापूर्वकालमा एकजना जोगी तीर्थयात्राको क्रममा सामाकोट क्षेत्रमा बास बस्दा प्यास मेटाउन पानीको खोजीमा असफल भएपछि चिम्टाले जमिन खनेर पानी निकालिएको विश्वास रहिआएको छ। त्यही ठाउँमा पछि स्थानीयले कुवा निर्माण गरी ‘जोगीपानी’ नामकरण गरिएको हो।
कुवाको पानीमा अद्भुत शक्ति रहेको विश्वास गर्दै स्थानीय तथा अन्य जिल्लाबाट मानिसहरू यहाँ आउने गरेका छन्। कसैले आफ्ना नबोलेका सन्तानलाई यो पानी खुवाएर बोल्न थालेको अनुभव साझा गर्ने गरेका छन्। स्थानीय कमला गहतराजका अनुसार, आठ–दश वर्षसम्म बोली नफुटेकी उनकी छोरीले यही पानी खाएपछि बोल्न थालिन्।
विज्ञानले भने यस विषयमा कुनै प्रमाणित निष्कर्ष निकालेको छैन। त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका जीव विज्ञानका प्राध्यापक चन्द्रबहादुर थापाले पानीकै कारण बालबालिकाको बोली फुट्छ भन्ने दाबीको वैज्ञानिक आधार अहिलेसम्म फेला नपरेको बताउँदै, गहिरो अनुसन्धान आवश्यक रहेको बताए।
कुवा अहिले सडक विस्तारको क्रममा जोखिममा परेको थियो। हाल उक्त स्थानमा ट्याङ्की निर्माण गरी पानी तलतिर लगेर प्रयोगमा ल्याइएको छ। तर, कुवाको ऐतिहासिक र सांस्कृतिक महत्त्वबारे पर्याप्त जानकारी नहुँदा धेरैजसो मानिस यसबारे अनभिज्ञ छन्।
स्थानीय सरकार भने यसको महत्त्व बुझेको बताउँदै संरक्षण र प्रवर्द्धनमा प्राथमिकता दिएको जनाएको छ। वडा नं ११ का वडाध्यक्ष यादवसिंह कार्कीका अनुसार, जनविश्वाससँगै धार्मिक र वैज्ञानिक पक्षलाई समेत जोडेर आगामी दिनमा अनुसन्धान गरिने योजना रहेको छ।
यस स्थानलाई व्यवस्थित गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षणको केन्द्र बनाउन सके धार्मिक पर्यटनमार्फत आम्दानीको स्रोतसमेत बन्न सक्ने पत्रकार प्रकाश नेपालको सुझाव छ। स्थानीय बासिन्दाहरूको माग छ—जोगीपानी कुवाको प्रचार, संरक्षण र वैज्ञानिक अध्ययनसँगै यसको रहस्य सार्वजनिक गरियोस्।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि