• शनिबार, ३ असोज २०८३
  • कालीमाटी बजारमा आजको तरकारी र फलफूलको थोक मूल्य सार्वजनिक

    कालीमाटी बजारमा आजको तरकारी र फलफूलको थोक मूल्य सार्वजनिक

    सबलनेपाल संवाददाता
    जेष्ठ ४ २०८२, आइतबार

    काठमाडाैं ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (४ जेठ) का लागि थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार विभिन्न तरकारी, फलफूल तथा अन्य कृषिउपजहरूको अधिकतम थोक मूल्य निर्धारण गरिएको छ।

    तरकारीतर्फ, गोलभेँडाको मूल्य रु ४० देखि ७० प्रतिकिलोसम्म छ, जहाँ ठूलो भारतीय गोलभेँडा प्रतिकिलो रु ७० र सानो भारतीय गोलभेँडा रु ४० मा छ। आलु रातो नेपाली रु ३५ र भारतीय रु ३८, प्याज (भारतीय) रु ३८, गाजर (लोकल) रु ५५ र (तराई) रु ३०, बन्दा (लोकल) रु १५ र काउली (स्थानीय) रु ६० रहेको छ।

    झिगुनी, बोडी, तितोकरेला, चिचिण्डो जस्ता तरकारीको मूल्य रु ३० देखि ७० सम्म रहेको छ भने भिण्डी, लौका, मूला, घिरौला आदि पनि समान मूल्यको आसपासमा छन्। कुरिलो सर्वाधिक मूल्यमा रहेको छ, जसको थोक मूल्य प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ।

    फलफूलतर्फ, स्याउ (फूजी) प्रतिकिलो रु ३२०, केरा प्रतिदर्जन रु १६०, अनार रु ३५०, अङ्गुर (हरियो) रु २००, तरबुजा रु ५०, नासपाती (चाइनिज) रु २६०, मेवा (नेपाली) रु ५० र आभोकाडो प्रतिकिलो रु ५८० रहेको छ।

    साथै, अदुवा रु १२०, खुर्सानी (अकबरे) रु ४००, लसुन (चाइनिज) रु ३००, लसुन (नेपाली) रु २००, धनियाँ हरियो रु ५० र छ्यापी को मूल्य रु १५० देखि २०० सम्म छ।

    माछा मा पनि थोक मूल्य तोकिएको छ, जहाँ रहु माछा प्रतिकिलो रु ३२०, छडीबचुवा माछा रु २६० मा उपलब्ध छन्। च्याउ मा राजा च्याउ रु ३०० र सिताके च्याउ सर्वाधिक रु ८०० प्रति किलो रहेको छ।

    कालीमाटी बजार समितिले उपभोक्ताहरूलाई उचित मूल्यमा तरकारी र फलफूल उपलब्ध गराउन दैनिक थोक मूल्य निर्धारण गर्दै आएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij