अत्तरिया – जनता आवास कार्यक्रमअन्तर्गत कैलाली र कञ्चनपुरमा २० घर निर्माण हुने भएका छन् । सहरी विकास तथा भवन कार्यालय कैलालीमार्फत चालु आर्थिक वर्ष २०८१÷८२ मा उक्त घर निर्माण हुने भएका हुन् ।
प्रदेश सरकारको बजेटमा विपन्न परिवारका कैलालीमा १० र कञ्चनपुरमा १० वटा दुई कोठे घर निर्माण हुन लागेको कार्यालयका सूचना अधिकारी रोहित अधिकारीले जानकारी दिए । उनले भने हालसम्म १५ घर निर्माणका लागि सम्झौता भएर निर्माण कार्य सुरु भइसकेको छ । कैलालीको भजनी नगरपालिकाका–२, ५, ८ र ९ मा १० र कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका ३ र ७ मा पाँच घर निर्माणको काम सुरु भइसकेको उनले जानकारी दिए ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–११ र १२ मा पाँच घर निर्माण गरिने जनाउँदै उनले लाभग्राहीको नामावली छनोट भइसकेको र छिट्टै निर्माण सम्झौता भएर काम अघि बढ्ने बताए। २० वटा घर निर्माणका लागि प्रदेश सरकारले चालु आवमा रु ७० लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए ।
कैलालीमा प्रतिघर निर्माण लागत अनुमान रु चार लाख ८३ हजार ९९१ र कञ्चनपुरमा प्रतिघर निर्माण लागत अनुमान रु चार लाख ९६ हजार २३३ रहेकामा कार्यालयले प्रतिघर निर्माणका लागि रु तीन लाख ५० हजार उपलब्ध गराउने तथा बाँकी रकम बराबरको लाभग्राहीले श्रमदान गर्ने उनले जानकारी दिए । उनले चालु आवमै सबै घर निर्माण सम्पन्न गर्ने कार्यालयको लक्ष्य रहेको बताए ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि