• शुक्रबार, २ असोज २०८३
  • दक्षिण कोरियाको भिसा प्रक्रिया र दूतावासको पत्रमाथि ECAN को आपत्ति

    दक्षिण कोरियाको भिसा प्रक्रिया र दूतावासको पत्रमाथि ECAN को आपत्ति

    सबलनेपाल संवाददाता
    बैशाख २९ २०८२, सोमबार

    काठमाडौं- नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले दक्षिण कोरियास्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमार्फत शिक्षा मन्त्रालयमा पठाएको पत्रप्रति गम्भीर आपत्ति जनाएको छ। उक्त पत्रमा कोरियाको छात्र भिसा (D-2 र D-4) प्रक्रियामा देखिएका चुनौतीहरूलाई लिएर नेपाली परामर्श संस्थामाथि झुटा आश्वासन दिने, ब्रेनवास गर्ने, कोरियाली समाजमा घुलमिल हुन नसक्ने विद्यार्थी पठाउने जस्ता गम्भीर र प्रमाणविहीन आरोप लगाइएको भन्दै संघले आपत्ति जनाएको हो।

    ECAN का अनुसार यस्तो टिप्पणी पूर्वाग्रही, अतिरञ्जित र कूटनीतिक मर्यादा विपरीत छ। संघले लामो समयदेखि सरकारद्वारा स्वीकृत आचारसंहिता र नीतिगत दिशानिर्देशअनुसार काम गरिरहेका परामर्श संस्थाहरूको प्रतिष्ठामा आघात पुर्‍याउने किसिमको व्यवहार बन्द गर्न आग्रह गरेको छ।

    संघले कोरियासँग सम्बन्धित समस्याका नाममा विद्यार्थीलाई ल्इऋ (Language Institution Recommendation) नदिइएको विषयमा पनि गम्भीर चासो व्यक्त गरेको छ। छलफल र तथ्यगत आधारबिना यस्तो निर्णयले विद्यार्थीको भविष्यमा नकारात्मक असर पार्ने भन्दै तत्काल ल्इऋ प्रक्रिया पुनः सुचारु गर्न माग गरिएको छ।

    ECAN ले दोषी पाइएको कुनै संस्था वा व्यक्तिमाथि कानूनबमोजिम कारबाही हुनुपर्नेमा समर्थन जनाउँदै केही अपवादका आधारमा सम्पूर्ण व्यवसायलाई बदनाम गर्ने कार्य अस्वीकार्य भएको स्पष्ट पारेको छ। संघले समाधानका लागि तथ्यमा आधारित संवाद, समन्वय र सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij