• शुक्रबार, २ असोज २०८३
  • दुबईमा सम्पन्न भयो कौशिक गोत्रीय रेग्मी बन्धु समाजको पहिलो अन्तर्राष्ट्रिय समन्वय भेटघाट,बृहत भेला तयारी

    दुबईमा सम्पन्न भयो कौशिक गोत्रीय रेग्मी बन्धु समाजको पहिलो अन्तर्राष्ट्रिय समन्वय भेटघाट,बृहत भेला तयारी

    सबलनेपाल संवाददाता
    बैशाख २८ २०८२, आइतबार

    काठमाडाैं –युएईको दुबईमा कौशिक गोत्रीय रेग्मी बन्धु समाजको पहिलो अन्तर्राष्ट्रिय समन्वय भेटघाट भव्य रूपमा सम्पन्न भएको छ। समाजका केन्द्रीय कोषाध्यक्ष बुद्धि प्रसाद रेग्मीको प्रमुख उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमले समाजको हालसम्मका गतिविधि र आगामी योजनाबारे विस्तृत छलफल गर्दै महत्वपूर्ण निर्णयहरू गरेको छ।

    भेटघाटमा नेत्र शर्मा रेग्मी, रुद्र मणि रेग्मी र माधव रेग्मी लगायतको उल्लेखनीय सहभागिता रह्यो। छलफलका क्रममा नेत्र शर्मा रेग्मीलाई समाजको सल्लाहकारको रूपमा चयन गरिनुका साथै रुद्र मणि रेग्मीलाई युएई (दुबई) सम्पर्क व्यक्तिको जिम्मेवारी प्रदान गरिएको छ।

    उक्त बैठकले दुबई तथा युएईभरि रहेका कौशिक गोत्रीय रेग्मी बन्धुहरूबीच समन्वय गर्दै छिट्टै एक बृहत भेला आयोजना गर्ने स्पष्ट निस्कर्ष पनि निकालेको छ। विदेशमा रहेका सदस्यहरूलाई एकीकृत गर्दै आपसी भाइचाराको सम्बन्ध थप प्रगाढ बनाउने उद्देश्यले यो भेटघाटलाई ऐतिहासिक कदमका रूपमा लिइएको बताइएको छ।

    कार्यक्रमका समापनमा कोषाध्यक्ष बुद्धि प्रसाद रेग्मीले निकट भविष्यमा समाजको सञ्जाललाई अझै फराकिलो पार्दै विश्वभरि रहेका रेग्मी बन्धुहरूलाई जोड्ने प्रतिबद्धता व्यक्त गरे।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij