काठमाडाैं –कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) की अध्यक्ष सुनैना पाण्डे ‘वुमन इन टेक’ अवार्डबाट सम्मानित भएकी छन्। न्यू बिजनेश एज लिमिटेडले बुधबार राजधानीमा आयोजना गरेको पाँचौं ‘न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्ड्स २०२५’ मा उनलाई यो सम्मान प्रदान गरिएको हो।
सूचना प्रविधि क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव बोकेकी पाण्डे सफ्टवेयर विकास कम्पनी जनरल टेक्नोलोजी प्रा.लि. (जेनटेक) की प्रबन्ध निर्देशक पनि हुन्। सन् १९९८ मा प्रोग्रामर र इन्स्ट्रक्टरको रूपमा आईटी क्षेत्रमा प्रवेश गरेकी उनले माइक्रोसफ्टका विभिन्न अपरेटिङ सिस्टमहरूको स्थानीकरणमा महत्वपूर्ण योगदान दिएकी छन्।
पाण्डेले क्यान महासंघमा सचिव, महासचिव र उपाध्यक्षसहितका विभिन्न नेतृत्वदायी भूमिका निर्वाह गरिसकेकी छन्। सरकारद्वारा गठन गरिएको सूचना प्रविधिसम्बन्धी उच्चस्तरीय आयोगमा समेत काम गरिसकेकी उनले ग्रामीण क्षेत्रमा सूचना प्रविधिको पहुँच विस्तारमा सक्रिय भूमिका खेलेकी हुन्।
महिला उद्यमी महासंघमा आवद्ध रहेकी पाण्डेले महिला उद्यमीका लागि इ–कमर्स प्लेटफर्म ‘विनबिज’ निर्माणमा सहयोग गरेकी थिइन्। सन् २०११ मा स्थापना भएको जेनटेकको नेतृत्व गर्दै आएकी उनले प्रविधिसम्बन्धी नीतिगत निर्माणमा पनि उल्लेखनीय योगदान दिँदै आएकी छन्।
जेनटेकले बैंकिङ, बीमा, उत्पादन, दूरसञ्चार, स्वास्थ्य, सरकार, शिक्षा, ई–कमर्स र खुद्रा क्षेत्रसम्म विभिन्न सूचना प्रविधि परियोजनाहरू सफलतापूर्वक सञ्चालन गर्दै आएको छ।
यससँगै आईटी क्षेत्रमा महिलाको अग्रसरता र नेतृत्वलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग