धरान सुनसरी –धरान रोजगार मेला(२०८२ आजबाट धरान उपमहानगरपालिका–१२ स्थित पब्लिक हाइस्कुलको खेल मैदानमा सुरु भएको छ ।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोग धरान उपमहानगरपालिकाको आयोजना र धरान उद्योग वाणिज्य सङ्घको संयोजनमा सुरु भएको उक्त मेला भोलि शुक्रबारसम्म सञ्चालन हुनेछ ।
युवालाई स्वदेशमै रोजगार उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको धरान रोजगार मेला आज कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले उद्घाटन गर्ने जनाएको छ ।
मेलाले साना–ठूला रोजगारी सिर्जना गर्न टेवा पुग्ने विश्वास लिइनुका साथै स्थानीय उद्योग, व्यवसाय, पर्यटन, होटल, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रका रोजगारदाता र बेरोजगार युवालाई रोजगारको अवसरमा टेवा पुग्ने मन्त्री राईले विश्वास व्यक्त गरे ।
मेलाबाट पाँच सय युवाले प्रत्यक्ष रोजगारी पाउने र करिब पाँच हजार युवाले रोजगारीको अवसर, क्यारियर परामर्श, सीपमूलक तालिम र अन्तर्वार्ता जस्ता सेवा प्राप्त गर्न सक्ने विश्वास गरिएको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले बताए ।
उनले भने मेलाले स्थानीय युवाको विदेशपलायन रोक्ने र उद्योगको जनशक्ति अभाव पूरा गर्ने ऐतिहासिक पहल हुनुका साथै रोजगारदातालाई आवश्यकताअनुसार जनशक्ति उपलब्ध हुनेछ भने रोजगारीको खोजीमा भएका युवालाई विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्न सकिन्छ ।
मेलामा प्राविधिक, प्रशासनिक र श्रमिक वर्गका साथै स्थानीय उद्योग, व्यवसाय, तालिम संस्थालगायतका विभिन्न ३१ वटा स्टल राखिएको धरान रोजगार मेलाका कार्यक्रम संयोजक निर्मला बस्नेतले जानकारी दिए ।
उहाँका अनुसार विभिन्न रोजगारदाता सङ्घसंस्थाको स्टल छन् । सूचीकृत भएका बेरोजगार जनशक्ति आफ्नो क्षमता, योग्यताअनुसार सम्बन्धित रोजगारदाताको स्टलमा गएर रोजगारी प्राप्त गर्नसक्ने जनाइएको छ ।
उद्घाटन कार्यक्रममा धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम वेघा, उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठ, कोशी प्रदेशसभा सदस्य यशोदा कायास्थ, धरान इलाका प्रशासन कार्यालयका प्रमुख लक्ष्मीप्रसाद ढकाललगायतको उपस्थिति रहेको थियो ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि