काठमाडौं – नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठ नेतृत्वको टोली र बिमा समितिका अध्यक्ष शरद ओझाबीच विद्युतिय सवारी साधन (इभी) को बिमा नीतिसम्बन्धी महत्वपूर्ण छलफल भएको छ।
उपाध्यक्ष श्रेष्ठले हालसम्म इभी बिमा नीति स्पष्ट रूपमा नबनाइएकाले यस्तो नीति निर्माण अत्यावश्यक भएको धारणा राखे। उनले इभीको बढ्दो प्रयोगसँगै त्यसबाट उत्पन्न हुन सक्ने जोखिमहरूलाई व्यवस्थित गर्न स्पष्ट, पारदर्शी र व्यवहारिक बिमा नीतिको खाँचो औंल्याए।
छलफलमा बिमा समितिले निर्माणाधीन नीतिमा इभीका स्पेयर पार्ट्स, प्रणाली, सामग्री र मूल्यसम्बन्धी विवरण समावेश गरिने, क्लेम प्रक्रिया सुधार्ने र बिमालाई सुलभ तथा पारदर्शी बनाउने लक्ष्य राखिएको जानकारी दिएको छ।
प्राधिकरणले नाडालाई उक्त नीति निर्माण प्रक्रियामा प्रत्यक्ष सहभागी गराउने तयारी गरेको छ। साथै, दक्षिण एसियाली राष्ट्रहरूको इभी बिमा नीतिको अध्ययन गरी अन्तर्राष्ट्रिय अभ्यासलाई सन्दर्भ बनाएर प्रभावकारी नीति बनाउने सहमति पनि भएको छ। यसका लागि नाडाले आवश्यक अध्ययन र जानकारी उपलब्ध गराउने जिम्मा लिएको छ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि