भक्तपुर -नयाँ वर्षको अवसर पारेर आजदेखि भक्तपुरमा ‘नवौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ सुरु भएको छ ।
औद्योगिक शान्ति नेपाल संस्थाले आजदेखि भक्तपुरको सल्लाघारीमा आयोजना गरेको महोत्सवको प्रतिनिधिसभाका सांसद एवं नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले उद्घाटन.गरे । उनले भक्तपुरलाई समृद्ध बनाउन यस प्रकारको मेलाले सहयोग पुर्याउने बताउँदै गरीखानेका लागि स्वदेशमा धेरै अवसर रहेका उल्लेख गरे ।
आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले उपभोक्तालाई एउटै स्थानमा दैनिक उपभोग्य तथा सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँवर्षका अवसरमा बृहत् औद्योगिक तथा व्यापार महोत्सव आयोजना गरिएको बताए । एक सय ५० भन्दा बढी स्टल रहेको महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने उपभोग्य सामग्री, खाद्यान्नका सामग्री, विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्रीहरु बिक्रीका लागि राखिएका छन् ।
औद्योगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, प्रविधिसम्बन्धी गतिविधि, अटो मोबाइल प्रदर्शनी, विद्युतीय मेसिन कृषि औजार प्रदर्शनी, मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको प्रदर्शनी, व्यापार तथा पर्यटकीय प्रदर्शनी, लत्ताकपडा तथा भाँडाकँुडाको प्रदर्शनी एवं बिक्रीका लागि राखिएको उनले बताए ।
उत्कृष्ट बाल उद्यान, रोटी पिङ, ड्रागन ट्रेन, नाउ तथा बच्चाको खेलौना, विभिन्न प्रकारका खाना महोत्सव, दैनिक रुपमा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति, फेसन, ¥याम्प तथा नृत्यहरु, नृत्य प्रतियोगिता, विभिन्न ख्यातिप्राप्त कलाकारको प्रस्तुतिले महोत्सवलाई थप आकर्षण बनाउने भन्दै उहाँले महोत्सव अवधिभर राष्ट्रियस्तरका कलाकारको हास्यव्यङ्ग्य तथा गीतगायनको प्रस्तुति रहने जानकारी दिए ।
महोत्सव संयोजक एवं कार्यक्रमका सभापति दीपक थापाले करिब पाँच लाखभन्दा बढी उपभोक्ताको आगमन हुने अनुमान गरिएको बताए । उनको अनुसार महोत्सवमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दाले समेत यसबाट लाभ लिन सक्ने बताउँदै महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्ग र पाँच वर्षमुनिका बालबालिकालाई प्रवेश निःशुल्क गरिएकोे उनले जानकारी दिए । उनका अनुसार महोत्सव आगामी वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि