पाल्पा- बालविवाह न्यूनीकरणका लागि पाल्पाको निस्दी गाउँपालिकाले सचेतनामूलक कार्यक्रममा जोड दिएको छ । पालिकास्तरमा बालविवाह न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेपछि यहाँ पछिल्ला वर्षमा बालविवाह हुने क्रम घट्दो अवस्थामा छ ।
निस्दीमा विसं २०७९ मा २७६ जोडीले बालविवाह गरेकामा २०८१ सालको हालसम्म भने यस्ता आठ जोडी मात्र रहेका बालकल्याण अधिकारी कृश्माखर पाण्डेले जानकारी दिए । उनका अनुसार उमेर नपुग्दै विवाह गर्ने जोडीलाई बालमैत्री शाखाको समन्वयमा अभिभावक, जनप्रतिनिधि, प्रहरीको रोहवरमा २० वर्ष पुगेपछि मात्र विवाह गर्ने सहमतिमा छुटाइने गरिएको छ । यहाँ विसं २०८० मा ५२ जोडीले बालविवाह गरेका थिए ।
बालकल्याण अधिकारी पाण्डेले भने,‘बालविवाह न्यूनीकरण अभियान सञ्चालनपश्चात् यस वर्षमा आइपुग्दा उमेर नपुग्दै विवाह गरेर घरजम गर्नेको सङ्ख्या न्यून हुँदै गएको छ । विद्यार्थीलाई सचेत र थप सक्रिय बनाउन विद्यार्थीमाझ जनचेतनामूलक कार्यक्रम र पालिकामा बालविवाह न्यूनीकरण गर्न २०७९ देखि विभिन्न कार्यक्रम तथा अभियान सञ्चालन भइरहेका छन् ।’
गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले आगामी २०८३ सालभित्र बालमैत्री गाउँपालिका घोषणा गर्न पालिकास्तरबाट विभिन्न कार्यक्रमका साथ युवामैत्री पालिका निर्माणमा पनि जोड दिइएको बताए । विद्यालयमा बालविवाह न्यूनीकरण गर्न बालविकासदेखि कक्षा १० सम्मका विद्यार्थीबीच बौद्धिक तथा शारीरिक प्रतियोगिता आयोजना गर्ने गरिएको छ ।
गाउँपालिकाको अभियानअन्तर्गत वडालाई विसं २०८२ भित्र बालमैत्री वडा घोषणा गर्ने लक्ष्यसहित काम भइरहेको निस्दी–२ का वडाध्यक्ष एवं बालमैत्री शासन समिति संयोजक फत्तेसिं दर्लामीले बताए । बालविवाहविरुद्ध सचेतना जगाउन, बालअधिकारको प्रत्याभूति दिलाउन, बालबालिकाको शारीरिक र मानसिक विकासका लागि बालमेला आयोजना गरिएको उनी बताउँछन् ।
सोमबार र मङ्गलबार पनि यहाँ बालमेला आयोजना गरिएको र वडा नं २ बाट सुरु भएको बालमेला यस वर्ष पालिकाको सातवटै वडामा सञ्चालन गर्ने योजना रहेको गाउँपालिकाको बालकल्याण शाखाले जनाएको छ । वडा कार्यालयको आयोजना र गाउँपालिकाको आर्थिक सहयोगमा बैशाख महिनाभित्र सबै वडामा बालमेला कार्यक्रम गरिने बालकल्याण अधिकारी पाण्डले जानकारी दिए ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि